News Category 2071/02/30
यातयात व्यवस्था कार्यालय पुर्नस्थापना नभए सडक अबरुद्ध गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २९ जेठ ।
सगरमाथा यातायात संघ सप्तरीले आगमी बजेटमा राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापनाको गर्ने बिषय नसमेटिए सडक अबरुद्ध गर्ने चेतावनी दिएको छ ।
राजविराजमा पत्रकार सम्मेलन गरी राजविराजबाट सिरहाको लहान सारिएको सगरमाथा यातायात व्यवस्था कार्यालय राजविराजमा पुर्नस्थापना गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा सगरमाथा यातायात संघका अध्यक्ष नुरुलहोदा अन्सारीले राजविराजमा रहेको यातायात व्यवस्था कार्यालयलाई गत २०४१ सालमै सारिएर लहान लगिएपनि अहिलेसम्म राजविराजमा अर्काे व्यवस्था नमिलाउँदा यातायात व्यवसायीहरु समस्या परेको बताउनुभयो ।
सगरमाथा अञ्चलकै सदरमुकाम राजविराज रहेपनि अन्यायपुर्वक सरकारले यहाँबाट यातायात व्यवस्था कार्यालय लहान सारिएको तीन दशक बितिसक्दाँ समेत अर्काे कुनै व्यवस्था नमिलाउँदा यातायात व्यवसायहरुलाई समस्या हुँदै आएको अन्सारीले बताउनुभयो ।
राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्नुपर्ने माग सहित प्रधानमन्त्री, यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको बताउँदै सगरमाथा यातायात संघ सप्तरीका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद अर्यालले प्रधानमन्त्री, यातायात मन्त्री र अर्थमन्त्री लगायतले सकारात्मक आश्वास दिएको बताउनुभयो ।
अर्थमन्त्रीबाट यसबर्षको बजेटमा आफुहरुको माग समेटिने प्रतिबद्धता जनाएको जनाउँदै उहाँले सरकारले यसबर्षको बजेटमा सो कुरालाई नसमेटिए सडक अबरुद्ध गर्ने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ