News Category 2077/12/12
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको बिहीबार सम्पन्न खेलमा रुपनी राईडर्स र बोदेबरसाईन थन्डर्स बिजयी भएका छन् ।
स्थानिय राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ । टिभीएस किंग्सले दिएको १ सय ६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको छ ।
रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२, अमित यादवले ४५, लोकेश बमले अविजित ३५ रन र निरज मुखियाले २३ रन बनाएका थिए । टिभीएस किंग्सका लागि रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले १/१ विकेट लिए ।
टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
टिभीएसका लागि सोनु अन्सारीले सर्वाधिक ४५, सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३, आसिफ शेखले १६ तथा रोबिन सिंह र सुदर्शन सिंहले १२/१२ रनको योगदान दिएका थिए । रुपनी राईडर्सका लोकेश बमले सर्वाधिक २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम घोषित भए ।
यस्तै दोश्रो खेलमा बोदेबरसाईन थन्डर्सले तिलाठी कोईलाडी जायन्टलाई १ सय १ रनले पराजित गरेको छ । तिलाठी कोईलाडी १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मै सीमित भएको थियो ।
तिलाठी कोईलाडीका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक २७ रन, दिपेश कंडेलले १९ रन तथा चित्रबहादुर बिस्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बोदेबरसाईनका लागि बिशाल सुश्लिंगले सर्वाधिक ४ विकेट, सिद्धान्त लोहनीले ३ विकेट, बसन्त रेग्मीले २ विकेट तथा नारायण जोशीले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साईन् थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
बोदे बर्साईनका कप्तान सिद्धान्त लोहनिले अविजित १०० रन बनाए भने नारायण जोशीले १९, राहुल मण्डलले १७, योगेन्द्र सिंह कार्कीले १५ तथा बिशाल सुश्लिंगले १४ रन योगदान दिएका थिए ।
बलिंङमा तिलाठीका आदील अन्सारी र चित्रबहादुर बिस्टले २/२ विकेट तथा राशिद खान र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच सिद्धान्त लोहनी चुनिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ