News Category 2077/12/13
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा बजाज खडक वारियर्स र रुपनी राईडर्स प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम खेलमाव स् बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गरेको छ । यो जितसँगै बजाज खडक वारियर्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । यस्तै अंक तालिकामा दोश्रो स्थानमा रुपनी राईडर्स रहेको छ ।
अंक तालिका अनुसार पहिलो वरियता र दोश्रो वरियताका टिम बीच फाइनल खेल हुनेछ । वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दै ३/३ जित हात पारेको हो । दुबै टिमबीच शनिवार फाइनल प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले २० ओभरमा ७ विकेटको क्षतीमा १ सय ५४ रन मात्र बनाउन सफल भयो ।
टिभीएसका लागि रोबिन सिंहले अविजित ५१, सुरज कुर्मीले ३६ प्रशान्त सिंहले २४ तथा सोनु अन्सारीले १६ रनको योगदान दिएका थिए ।
यता बजाज खडक वारियर्सका तर्फबाट गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले २/२ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ८१ रन बनाएको थियो ।
वारियर्सका लागि अनिल शाहले सर्वाधिक ७०, कप्तान विवेक यादवले ३७, निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको पारी खेलेका थिए ।
टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ