News Category 2077/12/13
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरी जिल्ला भारोत्तोलन संघले चैत १ गते सम्पन्न प्रथम देवसुन्दर स्मृती महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको शुक्रबार आयव्यय सार्वजनिक गरेको छ ।
जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष महेश प्रसाद यादवले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिताका सहयोगि संघ संस्था र व्यक्तिलाई सम्मान तथा होलीको शुभकामना आदान प्रदान समेत गरे ।
संघका अध्यक्ष यादवले दुई दिनसम्म चलेको प्रतियोगितामा कुल ७ लाख २८ हजार आम्दानी तथा १० लाख ४ सय ५ रुँपैया खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे । उनले आम्दानी भन्दा खर्च बढी भएपनि विभिन्न स्थानिय तह, संघ संस्था र ब्यक्तिबाट सहयोग गर्ने प्रतिबद्धता आएकाले यसरी प्राप्त हुने रकमबाट घाटा पूर्ती गरिने जानकारी पनि दिए ।
प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका, खेलकुद पत्रकार मञ्च, सुन चाँदी आभुषण संघ, भोरुकवा एफएम र प्रशिक्षकलाई आयोजकद्वारा दोसल्ला र कदरपत्रबाट सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार डा. शिवशंकर यादव, मनोजकुमार माझी, नवीनकुमार गुप्ता, सचिव गोपाल प्रसाद गुप्ता, पूर्वसांसद सूर्यनाथ यादव, राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादव, कंचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, बोदेबरसाइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेल लगायतले राष्ट्रिय स्तरको प्रतियोगिता भब्य र सभ्य रुपमा गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै भावी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धतासहित होलीको शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ