News Category 2077/12/15
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी
राजविराज/चैत ८ गतेदेखी राजविराजमा संचालित तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरीको उपाधीमाथी बजाज खडक वारियर्सले कब्जा जमाएको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई २ रनले पराजित गर्दै सो उपाधीमाथी कब्जा जमाएको हो ।
यो जितसँगै बजाज खडक वारियर्सले ३ लाख नगद रुपैयाँको पुरस्कार हात पारेको छ भने उपबिजेता रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा १ सय ४६ रन बनाएको थियो । जसमा निरज यादवले सर्वाधिक ५१, अनिल शाहले २९, कप्तान विवेक यादवले २२ तथा भुलावन सहनीले अविजित १३ रन बनाएका थिए ।
रुपनी राईडर्सका अनिल यादवले सर्वाधिक ३ विकेट लिए भने सुनिल धमला र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।
हसस्सो लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा १ सय ४५ रन बनाउन सफल भयो । रुपनी राईडर्सका लागि निरज मुखियाले अविजित ५२, सुनिल धमलाले २३, अमित यादवले १९ तथा कुशल भुर्तेलले १५ रनको योगदान दिएका थिए ।
यता बजाज खडक वारियर्सका अनिल खरेल र गोमानन्द अमात्यले ३/३ विकेट लिएका थिए भने भुलावन सहनीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।
प्रतियोगितामा दुई वटा शतक र एउटा अर्धशतक प्रहार गरेका बजाज खडक वारियर्सका खेलाडी अनिल कुमार शाह उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले २५ हजार नगद प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट बलर बिशाल सुश्लिंग र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए उनीहरुले जनही १५/१५ हजार प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ