News Category 2071/03/04
ट्रकले मोटरसाईकललाई ठक्कर दिदा“ एक जनाको मृत्यु, एक घाईते
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा मंगलबार अपरान्ह मालबाहक ट्रकले मोटरसाईकलाई ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.३ ख ७९८७ नम्बरको मालबाहक ट्रकले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को. ४ प ४६३० नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक इलामको बौध–८ निवासी ३७ बर्षीय अशोक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाईकलमा पछाडी सवार मृतककी बहीनी ३० बर्षीया लक्ष्मी राई गम्भीर घाईते भएको र उहाँलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । गम्भीर घाईते राईको दुबै खुट्टा काटिएको छ ।
यसैबीच कन्टनेर चालकले ठक्करबाट घाईते भएका मोटरसाईकल चालक राईलाई ब्याक गरी किचेर मारेको भन्दै स्थानीय बासिन्दाहरुले एक घण्टा चक्का जाम गरेका थिए । उक्त क्रममा अवरुद्ध सडक सुचारु गराउन सुरक्षाकर्मीलाई लाठीचार्ज गर्नुपरेको थियो । लाठीचार्चले आधा दर्जन मानिस सामान्य घाईते भएको र चार जनालाई पक्राउ समेत गरेको छ । यता ठक्कर दिने कन्टनेर चालक रामेछाप ५ का सुर्यबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ