News Category 2077/12/31
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगंज महानगरपालिका ३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ बर्षीय पुरुष छन् ।
बाराका ३७ बर्षीय पुरुष र बीरगंजका ६२ बर्षीय पुरुषको नारायणी अस्पताल बीरगंजमा उपचारका क्रममा र कालिकामाई २ का ५५ बर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ ।
यसअघि प्रदेशको बिभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जना संक्रमित देखिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना संक्रमित देखिका छन् । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्साका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने १ जना बहादुरमाई नगरपालिकाका हुन् भने बाँकी सबै बीरगंज महानगरपालिकाका हुन् ।
यस्तै, सिरहामा ७ जना, धनुषा र बारामा ४/४ जना, सप्तरीमा २ जना र महोत्तरीमा एक जना संक्रमित देखिएका छन् । योसँगै हालसम्म प्रदेशमा संक्रमित हुनेको संख्या १७ हजार ४ सय ३ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ