News Category 2077/12/31
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
घरायसी काम र चुलोचौकामा मात्र सीमित भएका महिलाहरू पछिल्लो समय सानोतिनो व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न अग्रसर बनेका छन ।
राजबिराजमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएसंगै स्वरोजगार बन्न थालेका महिलाहरूलाई अहिले अगरबति तालिमबाट प्रेरित भई स्वरोजगार बन्न आत्मबिश्वास बढेको छ ।
घरायसी काम मात्रै समय खर्चिदै आएका महिलाहरू पछिल्लो समय विभिन्न व्यवसायमार्फत आर्थिक उपार्जनमा जोड्दै आम्दानी गर्ने तर्फ अग्रसर भएका छन् ।
राजबिराज नगरपालिकाको सहयोगमा तथा हाम्रो नेपाल सहयोगी संस्थाद्वारा आयोजना गरिएको अगरबति तालिमले महिलाहरू अगरवती ब्यवसाय गर्न होसिएका हुन ।
अगरबत्ती बनाउँदा प्रयोग हुने सिन्का चिर्ने, बेल्ने मेसिन र कबर खोल छपाई गर्न स्थानीय सरकारले सहयोग गरेमा छोटो समयमा कम लगानीमा धेरै उत्पादन गर्न सकिने र सस्तो पनि पर्ने र आफुहरूको व्यवसाय गर्न सहज हुने सहभागी सीता देबी साहले बताउछन् ।
यता राजबिराज वडा ४ का वडा अध्यक्ष मोहम्मद अख्तरले अगरबत्ति ब्यवसाय गर्नका लागि १० लाख रकम छुटयाउने प्रतिबद्धता गरे । उनले महिलालाई आत्मनिर्भर बनाई स्वरोजगार बनाउनका लागि महिलाहरूले अगरबत्ति ब्यवसाय गर्नका लागि समुह बनाएर ब्यवसाय संचालन गर्न अनुरोध पनि गरे ।
मंगलवार तीन दिने अगरबत्ति तालिमको समापन्न कार्यक्रममा राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष मोहम्मद अख्तर, नेपाल पत्रकार महासँघ सहसचिव चन्दनकुमार यादब, राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादब, हाम्रो नेपाल संस्थाका अध्यक्ष बब्लु मिया, प्रशिक्षक मनोज यादब, जयन्तीईन्द्रा कन्या माबि बिद्यालयका संचालक संजय शुक्ला, वडा कार्यालय सहयोगी प्रकाश चौधरी, तालिमका सहायक प्रशिक्षक नगमा शेख, हाम्रो संस्थाका संतोष दास, लगायतले महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग पुर्याउने बताए । उक्त तालिममा राजबिराज वडा ४ का ३० जना महिलाहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ