News Category 2071/03/07
लुटिएको सुनचा“दी खरिद गरेको आरोप ज्वेलर्सका सञ्चालक पक्राउ
दैनिक संवाददाता
राजविराज, ६ असार ।
सप्तरीको हनुमाननगरका ब्यापारी दम्पतिको हत्या पश्चात उहाँको घरबाट लुटिएका सुनचाँदीका गरगहना लुटेरा समुहबाट खरिद गरेको आरोपमा प्रहरीले एक सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले सुनसरीको लौकहीस्थित पुष्पाञ्जली ज्वलर्सका सञ्चालक सुबोध स्वर्णकारलाई गोप्य सुचनाको आधारमा सप्तरीको रुपनीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका स्वर्णकारलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
सप्तरीको हनुमाननगरका ब्यापारी प्रेमसुख बेगबानी र उहाँको श्रीमति सरोजदेवी बेगबानीको हत्या पश्चात निजको घरबाट लुटिएको सुनचाँदीका गरगहना स्वर्णकारको सुनचाँदी पसलबाट बरामद भएपनि स्वर्णकार फरार भएको प्रहरीले बताएको थियो ।
गत जेठ २१ गते राती आफ्नै घरमा सुतिरहेका ब्यापारी दम्पति बेगबानीको लुटेरा समुहले हत्या गरि लुटपाट गरेका थिए ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको श्रीपुर जब्दी–७ का मोहम्मद हैदर अली र सुनसरी हरिपुर–७ का मोहम्मद कैयुज मियाँलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ । उक्त घटनामा संलग्न अन्य चार जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रबक्ता बैदवारले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ