News Category 2071/03/09
बोरिया गाविस “पूर्ण खोप” गाविस घोषणा हु“दै
दैनिक संवाददाता
राजविराज, ८ असार ।
सप्तरीको बोरिया गाविस “पूर्ण खोप” गाविस आज घोषणा हुँदैछ । कोशीदेखी नारायणी नदीसम्मको मधेशका आठ जिल्लामा पहिलो पटक सप्तरीको बोरिया गाविस पूर्ण खोप गाविस घोषणा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बोरिया गाविसका पूर्ण खोप आयोजक समिति संयोजक तेजकान्त झाले बोरिया गाविसमा १२–१३ महिनाका बालबालिकामा सर्वेक्षण गरि १ वर्ष भित्रका लक्षित २ सय २३ बालबालिकालाई बि.सी.जी., डिप्टी–हेप, बी–हीव, पोलियो र दादुरा रुवेला खोपहरु दिइसकिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले गाविसमा जनचेतना मूलक कार्यक्रम ल्याउँदै लक्षित बालबालिकाहरुलाई शतप्रतिशत खोप दिलाउन मद्दत पु¥याउने गाविसको उपस्वास्थ्य चौकी तथा वडाका आमा समूह एवं स्वयम सेविकाहरु प्रति आभार व्यक्त गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा संयोजक झाले गाविसमा विभिन्न जातीय विविधता तथा अन्धविश्वासका बाबजुद पनि बोरिया पूर्ण खोप घोषणा हुन लागेकोमा सम्पूर्ण गाविसवासीलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
सोमबार (आज) हुने “पूर्ण खोप घोषणा” कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै सम्पूर्ण सम्बन्धित निकाय तथा बोरियावासीलाई सहभागिता भई कार्यक्रम सफल पार्न अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ