News Category 2071/03/09
सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका सेवाबाट बञ्चित
दैनिक संवाददाता
राजविराज, ८ असार ।
बालमैत्री स्थानिय शासनमा अपाङ्गता भएका बालबालिकाहरुको सहभागिता विषयमा आइतबार छलफल कार्यक्रम समपन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, युनिसेफको सहयोग तथा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा वक्ताहरुले बालमैत्री कार्यक्रम अपाङ्गमैत्री बन्न नसक्नु, अपाङ्गता सम्बन्धी ज्ञान नहुनु, अस्पतालमा निःशुल्क उपचारको सेवा नहुनाले अपाङ्ग बालबालिकाहरुको मनोबल खस्किएको बताएका छन् ।
वक्ताहरुले अपाङ्ग सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका विभिनन सेवा सुविधाबाट बञ्चित हुनुपरेको आरोप समेत लगाएका छन् । उनीहरुले हाल अपाङ्गता भएका बालबालिकाहरुका लागि बालमैत्री वातावरण बन्न नसक्नुले शिक्षाको पहुँचबाट बञ्चित हुनुपरेको धारण व्यक्त गरेका छन् ।
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मंडलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी ढिक बहादुर राई, युनिसेफका अशोक झा, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत विश्नाथ ओझा, महिला बालबालिका कार्यालयका प्रमुख शुसिला चौधरी लगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ