News Category 2071/03/10
“जनविरोधी कर्मचारीलाई गोली हान्नुपर्छ” सभासद् यादवको अभिव्यक्तिप्रति कर्मचारीद्वारा खेद व्यक्त
दैनिक संवाददाता
राजविराज, ९ असार ।
सप्तरीबाट राप्रपा नेपालका समानुपातिक सभासद् गंगाप्रसाद यादवले जनविरोधी कर्मचारीलाई गोली हान्नुपर्छ भन्ने अभिव्यक्ति बिरुद्ध स्थानिय निकाय कर्मचारी संघ जिल्ला विकास समिति सप्तरी संघर्ष समितिले घोर भत्र्सना गर्दै खेद व्यक्त गरेको छ ।
संघर्ष समितिका संयोजक खुर्सेद इक्रमद्वारा सोमबार जारि विज्ञप्तिमा संविधान बनाउन देशले अधिकार दिएको सभासद् जस्तो व्यक्तिले प्रजातान्त्रिक मर्यादा विपरीत दिएको गैरजिम्मेवारी अभिव्यक्तिबाट कर्मचारीहरुको जायज मागलाई कुण्ठित गर्न खोजेको आरोप लगाइएको छ ।
सोही विज्ञप्तिमा सभास्दको अभिव्यक्तिबाट कर्मचारीहरु विचलित नभई संघर्षको बाटोमा मजबुत र दृढ भई अगाडी बढ्ने संघर्ष समितिले निर्णय गरेको उल्लेख छ ।
गैरजिम्मेवारी अभिव्यक्ति दिएका सभासद्लाई कानुनको दायरामा ल्याई कानुन बमोजिमको सजाय दिन माग गर्दै विज्ञप्तिमा कर्मचारीहरुको जिउँज्यानको सुरक्षा मिलाई दिन स्थानिय प्रशासनसँग आग्रह गरिएको छ ।
सोही विज्ञप्तिमा विकासका लागि चिन्तित देखिएका सभासद्ले संविधान बनाउन तर्फ बढी ध्यान दिनुपर्ने सुझाव दिँदै संवेदनशिल अभिव्यक्ति प्रतिको विचारलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक समाज, स्थानीय प्रशासन, टे«ड युनियन, संघसंस्थासँग अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ