News Category 2078/01/29
७० किलो गाजा बरामद
दैनिक समाचारदाता
पर्सा, २७ बैशाख ।
पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ७० किलो गाजा बरामद गरेको छ ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो ।
स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ ।
यता उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको गाँजाको प्याकेट ८ थान ८, ४ वटा बाल्टिन भित्र राखिएको गाँजाको पोका ८ थान गरी जम्मा १६ वटा पोका भित्र गरी जम्मा ७० किलो ४८० ग्राम गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
उक्त गाँजा बरामद गरी प्रहरीले सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ