News Category 2070/03/14
ट्रान्सफर्मर जडन नहु“दा कोचाबखारीबासीको आक्रोश
दैनिक संवाददाता
राजविराज, १३ असार ।
सप्तरीको कोचाबखारी गाविस वड नबर ७ र ८ मा विद्युत सेवा दिनका लागि ट्रान्सफर्मर जडन गर्ने बारम्बार निर्णय भएपनि हुन सकेको छैन् । ती ठाउँका बासिन्दाहरुले चार बर्ष अगाडिदेखि यस्तो निर्णय हुँदै आएपनि गाविस सचिवको लापर्वाहीका कारण विद्युत बल्न नसकेको बताए ।
स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित कार्यक्रम अन्तर्गत बिहीबार सो ठाउँमा आयोजना गरिएको ‘विद्युत ट्रान्सफर्मर जडन र विद्युतिकरण’ बिषयक सम्वाद कार्यक्रममा बोल्दै स्थानीयहरुले यसअघिका सचिव नन्दी यादव र बर्तमान सचिव सत्यनारायण ठाकुरले लापर्वाहीका कारण विद्युत सुचारु हुन नसकेको बताए ।
स्थानीय शासन तथा उत्तरदायित्व संयन्त्र (एलजिएफ) को सहयोगमा महिला वातावरण तथा ग्रामिण विकास संस्थाको आयोजनामा गरिएको सार्वजनिक सम्वाद कार्यक्रममा बोल्दै स्थानीयहरुले विद्युत सुचारु हुन नसक्दा स्थानीयहरु अहिले पनि अँध्यारोमै बस्न बाध्य भएको तथा कृषकहरु सिंचाईबाट समेत बंचित हुनुपरेको बताए ।
उनीहरुले ट्रान्सफर्मर जडान नगरिंदा विद्युतिय तार लतरेर रहेको र यसले गर्दा मानवीय तथा चौपायाहरुलाई हिंड्डुल गर्न समस्या भइरहेको बताए ।
भौगोलिक क्षेत्रको आधारमा गाविसको योजना बाँडफाँड हुनुपर्ने, दलित र महिलाका लागि छुट्टयाएको बजेट दलित र महिलामै लगाउनुपर्ने उनीहरुको भनाई थियो ।
सम्वाद कार्यक्रममा आयोजक संस्थाका अनुसन्धान सहायक चन्दन यादव, सल्लाहकार भोलारमण उप्रेति, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, उपाध्यक्ष श्यामसुन्दर यादव, सामाजिक परिचालक परमेश्वरी साहसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ