News Category 2070/03/14
ट्रान्सफर्मर जडन नहु“दा कोचाबखारीबासीको आक्रोश
दैनिक संवाददाता
राजविराज, १३ असार ।
सप्तरीको कोचाबखारी गाविस वड नबर ७ र ८ मा विद्युत सेवा दिनका लागि ट्रान्सफर्मर जडन गर्ने बारम्बार निर्णय भएपनि हुन सकेको छैन् । ती ठाउँका बासिन्दाहरुले चार बर्ष अगाडिदेखि यस्तो निर्णय हुँदै आएपनि गाविस सचिवको लापर्वाहीका कारण विद्युत बल्न नसकेको बताए ।
स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित कार्यक्रम अन्तर्गत बिहीबार सो ठाउँमा आयोजना गरिएको ‘विद्युत ट्रान्सफर्मर जडन र विद्युतिकरण’ बिषयक सम्वाद कार्यक्रममा बोल्दै स्थानीयहरुले यसअघिका सचिव नन्दी यादव र बर्तमान सचिव सत्यनारायण ठाकुरले लापर्वाहीका कारण विद्युत सुचारु हुन नसकेको बताए ।
स्थानीय शासन तथा उत्तरदायित्व संयन्त्र (एलजिएफ) को सहयोगमा महिला वातावरण तथा ग्रामिण विकास संस्थाको आयोजनामा गरिएको सार्वजनिक सम्वाद कार्यक्रममा बोल्दै स्थानीयहरुले विद्युत सुचारु हुन नसक्दा स्थानीयहरु अहिले पनि अँध्यारोमै बस्न बाध्य भएको तथा कृषकहरु सिंचाईबाट समेत बंचित हुनुपरेको बताए ।
उनीहरुले ट्रान्सफर्मर जडान नगरिंदा विद्युतिय तार लतरेर रहेको र यसले गर्दा मानवीय तथा चौपायाहरुलाई हिंड्डुल गर्न समस्या भइरहेको बताए ।
भौगोलिक क्षेत्रको आधारमा गाविसको योजना बाँडफाँड हुनुपर्ने, दलित र महिलाका लागि छुट्टयाएको बजेट दलित र महिलामै लगाउनुपर्ने उनीहरुको भनाई थियो ।
सम्वाद कार्यक्रममा आयोजक संस्थाका अनुसन्धान सहायक चन्दन यादव, सल्लाहकार भोलारमण उप्रेति, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, उपाध्यक्ष श्यामसुन्दर यादव, सामाजिक परिचालक परमेश्वरी साहसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ