News Category 2078/03/16
स्वास्थ्य मापदण्डको पालना गरि आ–आफ्नो कार्य गर्नु आवश्यक
कोरोना महामारीका कारण विगत दुई महिनादेखी ठप्प रहेको जनजिवन पुनः बिस्तारै गति लिन खोजिरहेको छ । यद्दपी महामारीको जोखिम अहिले पनि कायमै रहेको छ । तर, दुई महिनादेखी मुलुक नै ठप्प रहेकाले मानिसहरुको जनजिवन सामान्यतर्फ उन्मुख गर्ने उद्देश्यले लकडाउनलाई केही खुकुलो पारिएको छ । लामो समयमको लकडाउनका कारण सम्पूर्ण क्षेत्र पूर्णरुपले प्रभावित भएको छ । मानिसहरुको जनजिवन कष्टकर बन्दै गएको अवस्थामा लकडाउनलाई खुकुलो पारेर पुरानै अवस्थामा फर्काउने प्रयत्न गरिएको छ । तर यस्तो अवस्थामा मानिसहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि उत्तिकै आवश्यक रहेको छ ।
गत वर्ष पनि झण्डै चार महिना मुलुकभरि कोरोना महामारीका कारण पूर्ण रुपले लकडाउन गरिएको थियो । गत वर्ष पहिलो चरणको र यस वर्ष दोश्रो चरणको महामारीबाट हजारौं व्यक्तिले ज्यान गुमाउनु परेको थियो भने लाखौं जनता बिरामी परेका थिए । महामारीको त्रास रहिरहेको बेला कसैले यसलाई ख्याल ख्यालमा लिनुहुँदैन । विश्वको कतिपय देशहरुमा महामारी तेश्रो चरणमा प्रवेश गरिसकेको छ भने नेपालमा भने आंशिक रुपमा महामारी तेश्रो चरणले प्रवेश गरिसकेको अवस्था रहेको छ । तेश्रो चरणमा सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुने अनुमान गरिएको छ । जसकारण यस अवस्थामा महामारीबाट बच्न बालबालिकाको गम्भिर रुपमा ध्यान दिनु आवश्यक छ ।
महामारीका कारण मुलुकको व्यापार, शिक्षा तथा सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको छ । तसर्थ यस्तो अवस्थामा मुलुकको सम्पूर्ण क्षेत्रलाई गतिमा ल्याउन सबै जनताले स्वास्थ्य मापदण्डको पालना गरि आ–आफ्नो कार्य गर्नु आजको आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ