News Category 2071/03/12
एमाले महाधिवेशनका लागि सप्तरीबाट प्रतिनिधि चयन
दैनिक संवाददाता
राजविराज, ११ असार ।
नेकपा (एमाले) को नवौं महाधिवेशनका लागि सप्तरी जिल्लाबाट १९ जना प्रतिनिधी चयन भएका छन् ।
महाधिवेशनका लागि सप्तरीबाट १९ मध्ये ११ जना प्रतिनिधी सर्वसम्मतीबाट चयन हुनुभएको छ भने ८ जना निर्वाचन प्रक्रियाबाट चयन हुनुभएको जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
सप्तरी क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, रामनारायण यादव र महिलातर्फ असरादेवी चौधरी निर्वाचित हुनु भएको छ । प्याकुरेलले ४१८, यादवले ३५८ र चौधरीले ३८७ मत ल्याइ विजयी हुनु भएको हो । उहाँहरुको प्रतिद्वन्द्वी उषा पोखरेल ७६ र लक्ष्मी श्रेष्ठ ६५ मत प्राप्त गर्नुभयो ।
त्यसैगरि क्षेत्र नं. ४ मा पूर्व जिल्ला सदस्य रामलखन मुखियाले सबैभन्दा बढी २२० मत ल्याई विजयी हुनुभएको छ । यस्तै जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले १९९ मत ल्याई निर्वाचित हुनु भएको छ । उहाँहरु दुबैको निकटत्म प्रतिद्वन्द्वि जिल्ला सदस्य विश्वनाथ मण्डलले १८४ र जिल्ला सचिव शम्भु यादवले १८१ मत ल्याउनु भएको छ । त्यस्तै महिलातर्फ मुन्नी साहले ८ मतको फरक अन्तरले चन्द्रकलादेवीलाई पराजित गर्नुभयो । चन्द्रकलादेबी यादवले १८१ मत ल्याउनुभएको थियो ।
त्यस्तै क्षेत्र नंं ५ मा पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले २०९ र महिलातर्फ सुजानदेवी साहले १८१ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी महेश चौधरीले ७० र जसोमती देवी साहले ९३ मत प्राप्त गर्नुभयो ।
यसअघि ११ जना निर्विरोध निर्वाचित भइसक्नु भएको पार्टीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यसरी निर्विरोध हुनुभएकाहरु क्षेत्र नंं २ मा शैलेन्दचन्द्र झा, लक्ष्मण मण्डल र सुगियादेवी यादव, क्षेत्र नं. ३ मा शंकर देवकोटा र अम्विका मण्डल, क्षेत्र नं. ६ मा देवचन्द्र झा र बिना यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै मजदुरबाट धिरेन्द्र बर्मा निर्विरोध निर्वाचित हुनु भएको छ भने दलितबाट जुगेश्वर पासवान, महेन्द्र पासवान र विष्णुदेव राम सर्वसम्मतीले चयन हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ