News Category 2071/03/14
बालविवाह र दहेज प्रथा बिरुद्ध ज्ञापन
दैनिक संवाददाता
राजविराज, १३ असार ।
बालविवाह र दहेज प्रथा अन्त्यका लागि शुक्रबार दुई संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रेस्फक र हुर्क नेपाल संस्था संयुक्त रुपमा शुक्रबार राजविराजमा ¥याली निकाली जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको हो ।
अहिले अवस्थामा बालविवाह र दहेज प्रथाले जडो गाड्दै गएकोले त्यसलाई सामाजिक स्तरबाटै बहिष्कार गर्नुपर्ने उल्लेख गर्दै ज्ञापनमा बालविवाहको पूर्ण अन्त्यका लागि तथा दहेजप्रथालाई निरुत्साहित गर्न जोडदार माग गरिएको छ ।
यस्तै ज्ञापनमा आधुनिक सभ्यतामा विवाह हुनु भन्दा पूर्व नै वर पक्षबाट दहेजको रुपमा जिन्सी र नगद माग गर्ने गरेकोले विवाहका कारक तत्वमा केटा र केटीबीचको समानता नभई दहेजको स्थान सर्वोपरी हुन गएको उल्लेख छ । दहेज प्रथा पर्वत जस्तो भारी, बाढी जस्तो भिषण भेल, आगो जस्तो पोल्ने र कोइला जस्तो कालो रुपमा परिणत हुदै आएको ज्ञापनपत्रमा जनाइएको छ ।
तसर्थ यस्ता विकृतीलाई उन्मूलन गर्न गराउन सरकारी स्तरबाट बालबालिका र महिलाको अधिकारको समाजमा पूर्णमा सुरक्षाको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ