News Category 2071/03/15
पा“च जना मन्त्रिले शिलान्यास गरेको पुल अझ निर्माण हुन सकेन्
राजविराज÷सप्तरीको दिघवा र पकरी गाविस अन्तर्गत रहेको खाँडो नदीमा पुल निर्माण गर्न विभिन्न सरकारका पाँच जना मन्त्रीहरुले शिलान्यास गरिसकेका छन् । तर, पुल निर्माणको काम अहिलेसम्म मात्र १० प्रतिशत हुन सकेको छ ।
पछिल्लो पटक २०६६ सालमा फोरम लोकतान्किका अध्यक्ष विजयकुमार गच्छदार तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री रहेका बेला दोश्रो पटक शिलान्यास गर्नुभएको थियो ।
शिलान्यसपछि पुल निर्माणको काम काठमाडांैका लामा÷गोल्डेन÷अरनिको जे.भी. कन्सट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले ११ करोडमा २०६९ पुस ८ गते भित्र पुल निर्माणको काम सक्ने सर्तमा २०६६ पुस ९ गते सम्झौता गरेको थियो ।
तर, पुलनिर्माण गर्नुपर्ने म्याद सकिएको डेढ वर्ष भइसक्दा समेत खाँडो नदीमा निर्माणाधीन पुलको १० प्रतिशत काम मात्रै भएको स्थानीयहरुको भनाई छ । स्थानीयस्तरमा कुनै बाधा अवरोध नभएपनि सरकारी निकाय र ठेकेदार कम्पनीको लापरवाहीले समयमा पुल निर्माणको काम सम्पन्न हुन नसकेको हो ।
पुल निर्माण नभएका कारण यस क्षेत्रका १५ गाविसका डेढ लाख बढि सर्वसाधारणलाई प्रत्यक्ष समस्या भोग्नुपरको छ । खासगरी वर्षायाममा पुल वारिपारी गर्न कुनै साधन नै हुँदैन । पौडेर वारिपारि गर्ने क्रममा गतवर्ष पनि एउटा महिलालाई बगाएको र पछिलाई उनलाई उद्धार गरिएको राजविराज २ पडरियाका विशेश्वर चौधरीले बताउनुहुन्छ ।
यता सरकारले निर्धारण गरेको दर भाउभन्दा ३३ प्रतिशत कम रकममा ठेकेदार कम्पनीले उक्त पुल निर्माणको काम स्वीकार गरेको पूर्वाञ्चल सडक डिभिजन कार्यालय इटहरीका साइड ईन्जिनियर रामदेव साहले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न सडक कार्यालयबाट ठेकेदारलाई धेरै पटक ताकेदा गरेपनि ठेकेदारको लापरबाहीले निर्माण कार्य अघि बढ्न नसकेको उहाँको भनाई छ ।
दुई सय ५६ मिटर लम्बाई रहेको यस पुलमा दुई सय ६४ बटा पाईलिंग गरी ११ बटा पिलर उठाउनु पर्नेछ । तर, तीन वर्षमा सक्नु पर्ने काम चार वर्ष हुन लाग्दा समेत चारवटा पिलरको जग मात्र उठाउने काम भएको छ ।
यता पुल निर्माण गर्ने कम्पनीले पुल निर्माणको काम गुणस्तरहीन सामग्री प्रयोग गरिएको स्थानीयहरुको आरोप छ । ‘२५६ मिटरको पुल निर्माणमा घर निर्माणमा प्रयो गरिने पाँच सुताको रड प्रयोग गरिएको छ, यसले दिर्घकालिन रुपमा पुलले वजन थाम्न सक्दैनन, भविष्यमा ठुलो मालबाहक सवारीसाधनलाई पुलबाट आवत–जावत गर्न स्थिती नहुने भएकाले यसतर्फ पनि सम्बन्धी निकायको ध्यान पुग्नुपर्छ’, खाँडो पुल निर्माण संघर्ष समितिका संयोजक विकास तिवारीले भन्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ