News Category 2071/03/23
जेठाजुद्वारा भाई बुहारी र भतिजाको हत्या
दैनिक संवाददाता
राजविराज, २२ असार ।
सप्तरीको मल्हनिया गाविसमा आइतबार दिउँसो दुईजनाको हत्या भएको छ । हत्या हुनेमा एक महिला र बालक रहेका छन् ।
मल्हनिया २ निवासी रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजोलाई कोदालो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक बिजय यादवका अनुसार रामेश्वरले भाई बुहारी ३० वर्षिया रितादेवी यादव र उनका १० वर्षिय छोरा मनिषकुमार यादवलाई कोदालो प्रहारी गरि हत्या गरेका हुन् । हत्या भएको समयमा भाई कामेश्वर खेत गएको स्थानियहरुले बताएका छन् ।
हत्या भए लगत्तै स्थानियहरुले रामेश्वरलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरि बुझाएका छन् ।
हत्याको के कारणले गरिएको सम्बन्धमा अहिले अनुसन्धान थालिएको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।
यता छरछिमेकीले मृतक रितादेवी खेतमा काम गर्ने मजदुरका लागि खाना पकाई रहेको बेला अचानक रामेश्वर खेतबाट घर आई बुहारी र भतिजामाथी कोदालो प्रहार गरेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ