News Category 2078/04/12
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण

दैनिक समाचारदाता
जनकपुरधाम, १२ साउन ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मंगलबार आमसंचार प्राधिकरण र मिडिया काउन्सीलको कार्यालय निरिक्षण गरेका छन् ।
मन्त्री साहसहित राज्यमन्त्री कर्ण र मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवलेसमेत आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको निरीक्षण गरे ।
जनकपुरधामस्थित आमसंचार प्राधिकरण र मिडिया काउन्सिलको कार्यालय निरीक्षण गर्दै मन्त्री साहले उपलब्ध न्यून श्रोत साधनलाई अधिकतम उपयोग गर्दै पत्रकारिता क्षेत्रको विकासमा जुट्न मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।
राजनीतिक परिवर्तनहरुमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कृत र पित्त पत्रकारिता गर्ने दण्डको व्यवस्था आवश्यक रहेकोमा जोड दिए ।
साउन र भदौ महिनामा आवश्यक गृहकार्य एवम् पूर्व तयारी गरेर असोजदेखि नै महत्वपूर्ण कामहरु अगाडि बढाउन मन्त्री साहले निर्देशन पनि दिए । मन्त्रालयबाट चाँडै अख्तियारी पठाउने प्रतिवद्धता व्यक्त गर्दै जनशक्ति अभाव पूर्ति गर्न गम्भीर रहेको बताए ।
कार्यालय निरीक्षणका क्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनहरुमा निभाएको भूमिका अत्यन्तै सराहनीय रहेको बताए ।
सोही क्रममा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विभिन्न समस्याहरु सम्बोधन गर्न ध्यानाकर्षण–पत्र बुझाएका छन् भने काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले समेत कार्यालयको अवस्थाबारे मन्त्री साह र राज्यमन्त्री कर्णलाई जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ