News Category 2071/03/21
जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान
दैनिक संवाददाता
राजविराज, २० असार ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिसि क्यामरा जडन गरिएको छ ।
प्रशासन कार्यालयको नागरिकता फाँटमा दुई वटा, प्रतिलिपी फाँट, राहदानी फाँट, कम्प्युटर फाँट लगायतका विभिन्न फाँटमा गरी दश वटा सिसि क्यामरा जडन गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।
कार्यालयमा सिसि क्यामरा जडान गरेपछि जिल्ला प्रशासन कार्यालय भ्रष्टाचार मुक्त बन्ने विश्वास प्रजिअ बरालको रहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार अर्थात घुस लिने प्रवृति दिन प्रतिदिन बढ्दै गएको जनगुनासो आएपछि त्यसलाई मध्य नजर गरी सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले भ्रष्टाचार मुक्त बनाउँनका लागि कार्यालयमा दश वटा सिसि क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालयलाई पूर्ण भ्रष्टाचार मुक्त बनाउँनका लागि सिसि क्यामरा जडान गरेर मात्र नभई कार्यालयका कार्यरत करिब एक दर्जन भन्दा बढी दलालहरुलाई कार्यालय प्रवेशमा रोक लगाउँनुपर्ने तथा कार्यालयको विभिन्न फाँटमा नियमित रुपमा अनुगमन समेत हुनुपर्ने स्थानीय सेवाग्राहीहरुको माग रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ