News Category 2071/03/20
विपी विचार समाजको पहलमा नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिदै
दैनिक संवाददाता
राजविराज, १९ असार ।
राजविराज नगरपालिकालाई व्यवस्थित तथा सफा गर्न विभिन्न स्तरबाट सहयोग भइरहेको छ ।
नगरमा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेको समयमा अहिले नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको छ ।
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा अहिले राजविराज नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको हो ।
नगरमा हालसम्म २१ स्थानमा सोलार लाइट जडन गरिसकेको विपी विचार समाजका अध्यक्ष रामकुमार यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो ।
उहाँले नगरमा बढ्दो लोडसेडिङको समयमा चोरीको घटना बढ्दै गएको, बत्ति नहुने समयमा यात्रुहरुलाई गन्तव्यसम्म पुग्न अफ्ठ्यारो हुने गरेको लगायतका समस्याका कारण नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिएको बताउनुभयो ।
सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो ।
जडन गरिएका सेलार लाइट साँझ हुने बित्तिकै आफै बल्ने तथा बिहान उज्यालो हुने बितिक्कै आफै निभ्ने गरेकोले यसका लागि कुनै स्विच प्रयोग नभएको अध्यक्ष यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ