News Category 2071/03/19
बालविकास सहयोगी कार्यकर्ताहरुले आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, १८ असार ।
सेतो गुराँस बाल विकास सेवा र जिल्ला शिक्षा कार्यालयको लापर्बाहीका कारण सप्तरीका करिब साढे ६ सय बालविकासका सहयोगी कार्यकर्ताहरु तलब भत्ता पाउँनबाट बञ्चित रहेका छन् ।
समयमै आफुहरुको तलब भत्ता निकासा नभए आफुहरुले शिक्षा मन्त्रालय तथा सम्बन्धित निकाय कहाँ गएर धर्ना दिईने र कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
प्रारम्भिक बालविकास हकहित संरक्षण समितिका सचिव रक्षा चौधरी सहितका विभिन्न बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ताहरुले बुधबार नेपाल पत्रकार महासंघको कार्यालयका एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा यसअघि बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुले सेतो गुराँस बाल विकास सेवामार्फत तलब बुभ्mदै आएको बताउँदै उनीहरुले अहिले नयाँ जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई तथा आरपी, विनी लगायतका कर्मचारीहरु सरुवा भई आएपछि अहिले आफुहरुको तलब भत्ता दिनमा कार्यालयले आनाकानी गर्दै आएको गुनासो गरेका छन् ।
सेतो गुराँस बाल विकास सेवा सहित जिल्लाका विभिन्न संघ संस्था मार्फत सप्तरीमा ६ सय ८५ जना बालविकासका सहयोगी कार्याकर्ताहरुको दरबन्दी रहेपनि हाल जिल्लामा ६ सय ३ जना बालविकासकी सहयोगी कार्यकर्ताहरु कार्यरत रहेको तथा उनीहरु सबै तलब भक्ता पाउँनबाट बञ्चित भएको आरोप लगाएका छन ।
जसमध्ये सेतो गुराँस बाल विकास सेवाका १ सय ४३ जना बालविकास सहयोगी कार्यकर्ताहरु कार्यरत रहदै आएको तथा उनीहरु सबै जना अहिले तलब भक्ता पाउानबाट बञ्चित रहेको प्रारम्भिक बालविकास हकहित संरक्षण समितिका सचिव चौधरीले आरोप लगाईन ।
उहाँका अनुसार बालविकासकी सहयोगी कार्यकर्ताहरुले प्रति महिना ३ हजारका दरले ४ महिनाको १२ हजार तथा बार्षिक मसलन खर्च १ हजार र बालवालिकाहरुका लागि १ सय गरी आफुहरुले पाउँने तलब भक्ता पाउँनबाट बन्चित रहेको उहाँले बताउनुभयो ।
यसअघि सामुदायिकमा आधारित बालविकासलाई पहिलो विभिन्न संघ संस्था मार्फत तलब भत्ता खुवाउँदै आएको तथा अहिले आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडाई गरेपछि जिल्ला शिक्षा कार्यालयले विभिन्न बहानामा आफुहरुको तलब भक्ता दिन आलटाल गर्दै आएको उनीहरुको आरोप रहेको छ ।
असार ५ गते जिल्ला शिक्षा कार्यालयले काटेको चिठी एक सात्ताको समय दिइएको थियो तर आफुहरुले सो चिठी असार १७ गते मात्र पाएको तथा समय समाप्त हुने बेलामा उक्त चिठी पाएको अब दुई दिनको समयमा कसरी आफुहरुले के कसरी गर्ने सहयोगी कार्यकर्ताहरुको भनाई छ ।
अहिले तत्काल जिल्ला शिक्षा कार्यालयले नजिकको विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, आरपी, विद्यालय निरीक्षक, गाविस अथवा नगरपालिका सचिव सहितको सही छाप तथा सिफारिश गरी दुई दिन भित्र ल्याउँन निर्देशन दिएपछि कसरी र कहाँबाट हामीहरुले यस्तो ठुलो प्रक्रिया दुई दिन भित्रैमा पुर्याउने उनीहरुले दुखेसो पोखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ