News Category 2071/03/18
श्रीमान्ले कान्छी श्रीमति लिएर गएपछि न्यायका लागि भौतारिदै मञ्जु
दैनिक संवाददाता
राजविराज, १७ असार ।
श्रीमानले बहुविवाह गरी फरार भएपछि मञ्जुदेवी यादव दुई सन्तान सहित न्यायको लागि भौतारिरहेकी छिन ।
सप्तरीको विषहरिया गाविस १ दमावती टोलकी ३५ वर्षिया मञ्जुकी श्रीमान् ब्रहम देव यादवले दोश्रो विवाह गरेपछि उनी अहिले एक छोरा र एक छोरी सहित न्यायको लागि भौतारिरहेकी हुन ।
वि.स.२०५१ सालमा मञ्जु र ब्रहमदेव बिच विवाह भएको थियो । उनले विवाहमा त्यति खेर १८ हजार नगद, एक थान भैसी, सुन, चाँदी सहितका विभिन्न समानहरु समेत दिएर विवाह गरेको थियो । तर उनका श्रीमान ब्रहमदेवले गत्त २०७० साल फाल्गुन २९ गते रात्ति नै भागेर अर्को श्रीमति गरेपछि अहिले उनी न्यायको लागि भौतारिरहेकी छिन ।
७ वर्षिया छोरी रिता कुमारी यादव र ५ वर्षिय छोरा अमित कुमार यादव सहित उनी अहिले न्यायको लागि चारैतिर भौतारिरहेकी छिन । श्रीमान् अरु केटीलाई भगाएर अहिले भारतको लुदियानामा गएपछि उनी अहिले दुई छोरा छोरी सहित न्यायको लागि भौतारिरहेकी छिन ।
श्रीमान् भागेपछि मञ्जुलाई दुई छोरा छोरी तथा आफनो गुजारा गर्नमा समस्या उत्पन्न हुने गरेको उनको भनाई रहेको छ ।
उनी अगाडी भन्छिन आफनो श्रीमान नै बेईमान बनेर बुढेसकालमा भागेपछि के गर्ने दुई छोरा छोरी सहित न्यायको लागि अहिले गाउँ समाजका साथै विभिन्न निकायमा गुहार्दा पनि आफुमाथि न्याय नभेटेको पिडितको आरोप रहेको छ ।
मञ्जुले अब आप्mनो दुई छोरा छोरी सहित कसरीजीवन यापन गर्ने तथा कसरी गुजारा गर्ने चिन्ताले आफुलाई दिन प्रतिदिन पिरोलेको उनको कथन रहेको छ ।
उनले आफुलाई न्याय दिलाई दिनका लागि स्थानीय प्रहरी प्रशासन, संचारकर्मी, अधिकारकर्मी लगायत विभिन्न पक्षसँग माँग समेत गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ