News Category 2078/04/31
तालिबान काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडे
काबुल ३१ साउन (रासस÷सिन्ह्वा÷एएनआई) ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्नुभएको बताइएको छ । विद्रोही तालिबान लडाकूहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उहाँले देश छोडेर ताजिकिस्तान जानुभएको जनाइएको छ । स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छोड्नुभएको नाम नबताउने सर्तमा दुई वटा स्थानीय समाचार स्रोतलाई उद्धृत गरेको छ ।
स्रोतका अनुसार तालिबान लडाकूहरूको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नु हुनेछ । उहाँका साथमा उहाँका नजिकका केही मानिसहरूले पनि अफगानिस्तान छोडेका छन् । उनीहरूका बारेमा विस्तृतमा केही बताइएको छैन । घानी सरकारका मन्त्रीहरूले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरूले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् । तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् । यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरू राजधानी काबुल प्रवेश गरेका थिए ।
तालिबान लडाकूहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिबान विद्रोहीहरूलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुग्नुभएको थियो । तर आइतबार दिउँसोसम्म पनि राष्टूपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरूले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए । राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।” तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरूले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ