News Category 2071/03/16
“सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान”
दैनिक संवाददाता
राजविराज, १५ असार ।
सप्तरीको खोजपुर गाविसमा आईतवार खुल्ला दिशा मुक्त गर्न पत्रकारको अभियान कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान मुल नाराका साथ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको सहयोग र नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले गाउँघरलाई सरसफाई वनाउन घर घरमा चर्पी निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रका प्रमुख अतिथि प्रेस स्वतान्त्रता सेनानी बैद्यनाथ झाले गाविसका सचेत नागरिकहरु शौचालय निर्माण गर्न ध्यान दिए समयमै खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले गाउँबाट नगर वनेकोले गाउँ स्तरवाटै सरसफाईका सुरुवात भएका कारण शौचालय निमार्ण कुनै ठुलो चुनौती नरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा अध्यक्षतामा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमूख लोकेन्द्र यादव, सहायक प्रमुख राजकुमार यादव, सवल नेपालका निर्देशक दिपक झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह लगायतका वक्ताहरुले समयमा शौचालय निर्माण गरि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न अग्रह गर्नुभयो ।
यता खोजपुर वडा नं. ५ मा ७० घर परिवारलाई शौचालय वनाउन प्यान, पाईप र रिम वितरण गरेपनि समयमा शौचालय नवनाएका कारण यस गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न समस्या भईरहेको छ ।
सोही कार्यक्रममा सवल नेपाल राजविराजले २९ मिनेटका खुल्ला दिशा मुक्त क्षेत्र सम्वन्धी डकुमेन्ट्री देखाएर प्रविधि सहयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ