News Category 2071/03/16
“सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान”
दैनिक संवाददाता
राजविराज, १५ असार ।
सप्तरीको खोजपुर गाविसमा आईतवार खुल्ला दिशा मुक्त गर्न पत्रकारको अभियान कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान मुल नाराका साथ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको सहयोग र नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले गाउँघरलाई सरसफाई वनाउन घर घरमा चर्पी निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रका प्रमुख अतिथि प्रेस स्वतान्त्रता सेनानी बैद्यनाथ झाले गाविसका सचेत नागरिकहरु शौचालय निर्माण गर्न ध्यान दिए समयमै खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले गाउँबाट नगर वनेकोले गाउँ स्तरवाटै सरसफाईका सुरुवात भएका कारण शौचालय निमार्ण कुनै ठुलो चुनौती नरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा अध्यक्षतामा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमूख लोकेन्द्र यादव, सहायक प्रमुख राजकुमार यादव, सवल नेपालका निर्देशक दिपक झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह लगायतका वक्ताहरुले समयमा शौचालय निर्माण गरि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न अग्रह गर्नुभयो ।
यता खोजपुर वडा नं. ५ मा ७० घर परिवारलाई शौचालय वनाउन प्यान, पाईप र रिम वितरण गरेपनि समयमा शौचालय नवनाएका कारण यस गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न समस्या भईरहेको छ ।
सोही कार्यक्रममा सवल नेपाल राजविराजले २९ मिनेटका खुल्ला दिशा मुक्त क्षेत्र सम्वन्धी डकुमेन्ट्री देखाएर प्रविधि सहयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ