News Category 2078/05/11
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
दैनिक समाचारदाता
जनकपुरधाम, ११ भदौं ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरै पार्टी खुल्ने गरेको पनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताएका छन् ।
पार्टीद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरे ।
उनले नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको समेत बताउँदै देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने दाबी गरे ।
भदौंदेखि मंसिरसम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेट्ने उनले बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको चेतावनी थियो ।
समुनत समाजवाद वा समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पुजी र प्रविधी समयानुकुल प्रयोग गर्न सकिए देशबाट गरिवी र रोजगारीको अन्त्य हुने उनको धारणा छ ।
जनताको गुनासो सम्बोधन हुने गरि सवै सरकार चल्नु पर्ने उनको जिकिर छ । कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानिय, प्रदेश र संघ सरकारका जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ