News Category 2071/03/24
एमनेष्टीको साधारण सभा सम्पन्न शम्भुनन्द चौधरीको संयोकत्वमा नया“ कार्य समिति गठन
दैनिक संवाददाता
राजविराज, २३ असार ।
एमनेष्टी इन्टरनेशनल ग्रुप ३० राजविराजको सोमबार १३ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै एमनेष्टी इन्टरनेशनल राष्ट्रिय कार्यसमितिका कावा महासचिव डिक प्रसाद घिमिरेले एमनेष्टीको इन्टरनेशल एउटा छुट्टै संस्था भएकोले यसको कार्य गर्ने शैली पनि छुट्टै रहेको जिकिर गर्नुभयो ।
समूहका संयोजक शेखर प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न सभासमा केन्द्रिय सदस्य चेत बहादुर मगर, समूहका पूर्व संयोजक दिनेश सिंह, पत्रकार नविनकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने स्वागत मन्तव्य अधिवक्ता भोगेन्द्र यादव तथा संचालन सचिव शम्भुनन्द चौधरीले गर्नुभएको थियो ।
सो सभामा सचिवको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन क्रमश शम्भुनन्द चौधरी र मिथिलेश कुमार यादवले प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि सभा समापन पश्चात् भएको बन्द सत्रबाट शम्भुनन्द चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति समेत गठन भएको छ ।
गठित समितिको सहसंयोजकमा मिथिलेश कुमार यादव, सचिवमा नवीनकुमार गुप्ता, सहसचिवमा अन्जना माझि र कोषाध्यक्षमा मनोज कुमार यादव रहनु भएको छ ।
यस्तै सदस्यहरुमा अधिवक्ता भोगेन्द्र यादव, मिथिलेश कुमार देव, जयकिशोर गोइत, सुनिता सिंह, अर्चना साह र अवधेश कुमार यादव रहनु भएको छ भने सल्लाहकारहरुमा निवर्तमान संयोजक शेखर प्रसाद सिंह, पूर्व संयोजक दिनेश सिंह र चिकित्सक डा. टेक नारायण मण्डल रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ