News Category 2071/04/01
गरिबी निवारण कार्यक्रमले सप्तरीको ५० गाविसका १३ हजार ६ सय ४ जना लाभान्वित
दैनिक संवाददाता
राजविराज, ३२ असार ।
गरिबी निवारण कार्यक्रमले सप्तरीको ५० गाविसका १३ हजार ६ सय ४ जना लाभान्वित भएका छन् ।
गरिबी निवारण कोष काठमाण्डौको सहयोग तथा गरिबी निवारण कोषका सहयोगी संस्थाहरुको संजालको आयोजनामा बुधबार राजविराजमा आयोजित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठिमा सो जानकारी दिइएको छ ।
आर्थिक वर्ष २०६६÷०६७ को माघ १४ गते देखि सप्तरीमा संचालित गरिबी निवारण कार्यक्रमबाट जिल्लाको विभिन्न ५० गाविसका १३ हजार ६ सय ४ जना लाभान्वित भएको जनाइएको छ । सो कार्यक्रमका लागि ४ सय ६१ वटा सामुदायिक संस्थाहरु गठन गरी जिल्लामा १५ वटा सहयोगी सस्थाहरु मार्फत गरिबी निवारण कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी दिनुभयो ।
गरिबी निवारण कार्यक्रम संचालनमा रहेका गाविसहरुमा आयआर्जनका लागि सामुदायिक संस्थाहरुले मुख्य रुपमा सामुदायका ब्यक्तिहरुलाई तरकारी खेति, पशुपालन तथा व्यापार, खुद्रा व्यापार, फर्निचर, रिक्सा ठेला, पंक्षीपालन, भुजिया, खाजा, चिया, पान पसल, साना सवारी मर्मत, माछा पालन, सिलाई कटाई लगायतका विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरी उनीहरुको जीवनमा अमुल्य परिवर्तन ल्याउँन सफल भएको संयोजक निरौलाको भनाई छ ।
गरिबी निवारण कार्यक्रमबाट करिब सत प्रतिशत सामुदायिक संस्थाको मुख्य पद अध्यक्ष, सचिव र कोषाध्यक्षमा महिला, दलित र आदिवासी जनजातीको पहुँच बढेको, सत प्रतिशत सामुदायिक संस्थाको वाणिज्य बैंकमा समुदायको नाममा खाता खुलिसकेको, ३ सय ७ मध्ये २ सय १२ सामुदायिक संस्थामा त्यति नै संख्यामा आयआर्जन उपपरियोजना संचालन भईरहेको तथा त्यसबाट ५ हजार ८ सय २८ जना घरधुरीका करिब ३४ हजार ९ सय ८९ जना प्रत्यक्ष रुपमा लाभान्वित भएको छ ।
त्यस्तै आयआर्जन संचालित सामुदायिक संस्थाबाट घुम्ति कोष नियमावली अनुसार सावाँ र ब्याज गरी १ करोड ६ लाख ६३ हजार ४ सय ८६ रुपैयाँ असुली भएको छ भने जम्मा १ करोड ५१ लाख २५ हजार ४ सय ६३ रुपैयाँ संकलन भई सम्बन्धित सामुदायिक संस्थाको खातामा जम्मा रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
त्यसैगरी दाताबाट सिधै समुदायमा लगानी गर्ने परिपाटी अत्यन्त प्रभावकारी देखिएको, गरिब घरधुरीमा कार्यक्रम संचालन भएकोमा लक्षित समुह उत्साहित भएको, तालिम लगायतका विभिन्न क्रियाकलापहरुबाट सामुदायिक संस्थाका सदस्यको क्षमता विकास भई सामाजिक सशक्तिकरणमा उल्लेख्य सुधार आएको, सदस्यहरुमाँझ सामुहिक भावनाको विकास भएको, समुदायलाई परिचालन गरी गरीब लक्षित कार्यक्रममा गरीबको पहुँच पुगेको तथा स्थानीय निकायमा महिलाहरुको पहुँच समेत बढेको जनाइएको छ ।
संजालका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, जिल्ला कृषि विकास कार्यालयमा विद्यासागर यादव, दिगो ग्रामिण विकासका अध्यक्ष शिब चरण मण्डल, प्रेस चौतारीकी अध्यक्ष अम्बिका दाहाल, डाढा गाविसका वैद्यनाथ राम, बभनगामाकट्टी गाविस तोपाकी दैया देवी खंग, लालापटी गाविस ६ की हसिया खातुन, शम्भुनाथका गेना लाल सदा, देउरी भरुवाकी रहिसा खातुन सहितकाहरुले गरिबी निवारण कार्यक्रमको प्रभावको बारेमा आ–आफनो धारणा ब्यक्त गर्नुभएको थियो ।
संजालका राजेश कुमार लोहनीद्धारा संचालित कार्यक्रममा स्वागत मन्तव्य संजालका हरी नारायण मण्डलले ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ