News Category 2078/05/21
महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार भएन
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य अवस्था अहिले पनि सन्तोषजन देखिएको छैन् । उनीहरुको स्वास्थ्य स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक छैन् । अहिले पनि ग्रामीण भेगमा महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था खासै सुधारोन्मुख छैन् । महिलालाई अहिले पनि सन्तान उत्पादन गर्ने मेशिनका रुपमा हेर्ने हाम्रा संकीर्ण आँखाहरु यथावत नै छन् ।
महिलाहरुको स्वास्थ्य स्थिति सुधार्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनेकन प्रयासहरु भएका छन् । तर, यस्ता प्रयासहरु पूर्ण रुपमा सफल भएको देखिन्न् । सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारको धारामा प्राथमिक स्वास्थ्य सेवालाई राज्यको दायित्वको रुपमा पहिचान गरेको छ । स्वास्थ्य क्षेत्रमा महिलामाथि हुने भेदभाव विरुद्धको अधिकार प्रदान गरेको छ । महिला स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले गरेका प्रतिबद्धता र नीति कार्यक्रममहरु सहनीय हुँदाहुँदै पनि महिलाको प्रजनन् स्वास्थ्य अधिकार अधिकारकै रुपमा भने स्थापित हुन सकिरहेको छैन ।
अहिले पनि हाम्रा समाजमा महिलाले आफ्नो प्रजनन् अधिकार सम्बन्धि स्वतन्त्र रुपमा निर्णय गर्न सकिरहेको वातावरण छैन । सानै उमेरमा आमा बन्नुपर्ने, धेरै सन्तान जन्माउनुपर्ने, अनिच्छित गर्भधारण गर्नुपर्ने जस्ता बाध्यकारी अवस्थामा कारण नेपालमा अहिले पनि बहुसंख्यक महिलाहरु पाठेघरको समस्याबाट प्रभावित छन् । तसर्थ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई अधिकारका रुपमा स्थापित गरी प्रजनन् स्वास्थ्य सेवामा पहुँच बढाउन सबैको सहयोग आवश्यक छ । यसप्रति सम्बन्धित निकायले सूचना तथा जनचेतनामार्फत सरोकारवाला निकायसँग हातेमालो गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ