News Category 2070/03/14
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न एघार जनाको दावेदारी
नर्मदेव यादव
रुपनी (सप्तरी), १३ असार ।
सप्तरीको रायपुरस्थित कन्छु नरप्रताप उच्च माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि ११ जना अगाडि आएका छन् । यस विद्यालयमा बिगत एक बर्षदेखि समिति छैन् ।
समिति नहुँदा बिभिन्न काम प्रभावित भइरहेको सन्दर्भमा बिहीबार बोलाइएको अभिभावक भेलामा ११ जना अभिभावक अध्यक्ष पदका लागि अगाडि आएका हुन् । उनीहरुले विद्यालयमा सुधार गर्ने भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । दावेदारी दिनेमा एक जना महिला समेत छन् ।
अभिभावक भेलाको उद्घाटन सम्पन्न भएपछि गठनको प्रकृया अगाडि बढाइएको थियो । यस क्रममा एघार जना अभिभावक अध्यक्षको प्रत्यासी अगाडि आएको विद्यालयका प्रधानाध्यापक पर्शुराम यादवले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्नेमा कृषक महिला मीनादेवी यादव पनि हुनुहुन्छ ।
यस्तै अन्यहरुमा गजेन्द्र यादव, शत्रुद्यन मण्डल, लालबहादुर मेहता, राजदेव मण्डल, शिबशंकर मण्डल, दीपनारायण साह, रामकृष्ण यादव, जुगेश्वर यादव, गंगाराम यादव र सदानन्द यादव हुनुहुन्छ ।
यसमध्ये गजेन्द्र यादव फोरम लोकतान्त्रिक, सदानन्द यादव फोरम नेपाल, लालबहादुर मेहता सद्भावना, शत्रुद्यन मण्डल एमाले पार्टीसँग आबद्ध हुनुहुन्छ ।
अभिभावक भेलामा सर्वसम्मति गर्ने प्रयास गरिएपनि हुन नसकेको र आगामी आइतबार श्रोत व्यक्तिहरु बोलाएर सर्वसम्मतिका लागि प्रयास गरिने प्रअ पर्शुराम यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ