News Category 2070/03/14
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न एघार जनाको दावेदारी
नर्मदेव यादव
रुपनी (सप्तरी), १३ असार ।
सप्तरीको रायपुरस्थित कन्छु नरप्रताप उच्च माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि ११ जना अगाडि आएका छन् । यस विद्यालयमा बिगत एक बर्षदेखि समिति छैन् ।
समिति नहुँदा बिभिन्न काम प्रभावित भइरहेको सन्दर्भमा बिहीबार बोलाइएको अभिभावक भेलामा ११ जना अभिभावक अध्यक्ष पदका लागि अगाडि आएका हुन् । उनीहरुले विद्यालयमा सुधार गर्ने भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । दावेदारी दिनेमा एक जना महिला समेत छन् ।
अभिभावक भेलाको उद्घाटन सम्पन्न भएपछि गठनको प्रकृया अगाडि बढाइएको थियो । यस क्रममा एघार जना अभिभावक अध्यक्षको प्रत्यासी अगाडि आएको विद्यालयका प्रधानाध्यापक पर्शुराम यादवले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्नेमा कृषक महिला मीनादेवी यादव पनि हुनुहुन्छ ।
यस्तै अन्यहरुमा गजेन्द्र यादव, शत्रुद्यन मण्डल, लालबहादुर मेहता, राजदेव मण्डल, शिबशंकर मण्डल, दीपनारायण साह, रामकृष्ण यादव, जुगेश्वर यादव, गंगाराम यादव र सदानन्द यादव हुनुहुन्छ ।
यसमध्ये गजेन्द्र यादव फोरम लोकतान्त्रिक, सदानन्द यादव फोरम नेपाल, लालबहादुर मेहता सद्भावना, शत्रुद्यन मण्डल एमाले पार्टीसँग आबद्ध हुनुहुन्छ ।
अभिभावक भेलामा सर्वसम्मति गर्ने प्रयास गरिएपनि हुन नसकेको र आगामी आइतबार श्रोत व्यक्तिहरु बोलाएर सर्वसम्मतिका लागि प्रयास गरिने प्रअ पर्शुराम यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ