News Category 2071/03/32
मठमन्दिरमा सोलार लाइट जडन हु“दै
दैनिक संवाददाता
राजविराज, ३१ असार ।
राजविराज नगरपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिरमा सोलार लाइट लगाउने कार्य धमाधम भइरहेको छ ।
राजविराज नगरपालिका १ स्थित श्री चण्डी दुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, राजविराज ९ स्थित राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र राजविराज ७ स्थित बागेश्वरी मन्दिरमा मंगलबार सोलार लाईट जडन गरिएको छ ।
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा राजविराज नगरको सार्वजनिक स्थलदेखी मठमन्दिरमा पनि सोलार लाइट जडन गरिदै छ ।
मन्दिरमा साँझ बत्तिको समस्याले श्रद्धालुहरुलाई पुजा गर्न कुनै समस्या नहोस् भन्ने दृष्टिकोणले सोलार लाईट जडन गरिएको विपी विचार समाजका अध्यक्ष रामकुमार यादवले बताउनुभयो ।
सोलार लाइट जडन भएपछि भगवती मन्दिरका पुजारी दुर्गानन्द मिश्रले खुशी व्यक्त गर्दै अब उपरान्त भक्तजनहरुले साँझको समयमा पनि निर्धक्क क स्भई उज्यालोमा पुजा गर्न सक्ने बताउनुभयो ।
मन्दिरहरुमा ६ वटा चिम भएको तथा नगरको सार्वजनिक स्थलमा एउटा चिम भएको सोलार लाईट जडन गरिएको छ ।
यसअघि पहिलो चरणमा नगरको २१ सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिसकेको समाजका अध्यक्ष यादवले जानकारी दिदै दोश्रो चरणमा अहिले मठमन्दिरमा सोलार लगाइने कार्य भइरहेको बताउनुभयो ।
यस्तै अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो ।
आउँदो दिनमा जिल्ला भरिका मठमन्दिरहरुमा सोलार लाईट जडन गर्ने तथा निकट भविष्यमा विपी समाजले उर्जा सम्बन्धि विभिन्न कार्य गर्ने योजना समेत रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ