News Category 2071/03/31
नमुना गाविस रायपुरको कृषि सडक जिर्ण बन्दै
दैनिक संवाददाता
राजविराज, ३० असार ।
सप्तरीको नमूना गाविस मध्ये एक रायपुर गाविसको कृषि सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा त्यहाँका स्थानीयबासीहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।
वि.स. २०५५ सालमा मुख्य सडकलाई कृषि सडक घोषणा गरिएको थियो । उक्त कृषि सडक समान्य वर्षा भए पनि हिलोमय हुने गरेको छ । जस कारण त्यहाँका स्थानीयहरुलाई सडक भएर आवत जावतमा दिनहुँ समस्या भइरहेको छ ।
कृषि सडक घोषणा गरेको १५ वर्ष बितिसक्दा समेत सडक बनाउँने योजना कागजमै सीमित रहेको छ ।
रायपुर गाविसको रुपनी, कटैया, मलेकपुरसम्म जाने सो सडक खण्ड समान्य वर्षामा पनि हिलोमय हुने गरेको स्थानिय हरेराम यादवले बताउनुभयो । उक्त सडकको मर्मत सम्भारका लागि गाविस, जिविस तथा सम्बन्धीत कुनै पनि पक्षको ध्यान नदिएको स्थानीयहरुको आरोप छ ।
व्यापारीक सडकको रुपमा बिस्तारको पखाईमा रहेको सो सडक खण्ड भारतको अन्द्रामण्ठदेखि लिएर उदयपुरसम्म पुग्न सजिलो बाटो रहेकोले उक्त सडकप्रति समयमै गाविस, जिविस तथा नेपाल सरकारको ध्यान जानु पर्ने सद्भावना पार्टीका युवा नेता दिनेश कुमार यादवको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ