News Category 2071/03/31
वेगवानी दम्पत्तिका हत्याका आरोपिहरू कारागार चलान
दैनिक संवाददाता
राजविराज, ३० असार ।
सप्तरीको हनुमाननगरस्थित व्यापारी वेगवानी दम्पती हत्याका आरोपितलाई जिल्ला अदालत सप्तरीले आइतबार पुर्पक्षका लागि कारागार पठाएको छ ।
हनुमाननगर ५ का ५५ वर्षिय प्रेमसुख बेगवानी र निजकी श्रीमती ५० वर्षिय सरोजदेवी बेगवानीको हत्याका आरोपितहरू सुनसरीको श्रीपुर ८ का मो. हैदर अली मियाँ र हरिपुर ७ का मो. कैजुम मियाँलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले कारागार पठाउने आदेश दिएको हो ।
हत्याका आरोपित मियाँद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउने र हत्याराहरूले लुटेको सुनचाँदीका गरगहना किन्ने सुबोध स्वर्णकारलाई रु १० लाख धरौटी बुझाउन समेत आदेश गरेको ीछ । अदालतको आदेशबमोजिम रु १० लाख धरौटी बुझाउन नसकेपछि सुनसरीको इनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा पुष्पाञ्जली ज्वेलर्स पसल गर्ने स्वर्णकारलाई पनि कारागारमा थुनामा पठाइएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
गत जेठ २१ गते राति हनुमाननगर गाविस ५ स्थित बजारमा रहेको घरमा बेगवानी दम्पतीको हत्या भएको थियो । हत्याराले बेगवानी दम्पतीको हत्या गरी रु ७७ लाख ६२ हजार ४ सय ९९ बराबरको सुनचाँदीका गरगहना र नगद रु १० हजार धनमाल डँकैती गरेका थिए ।
हत्याराबाट स्वर्णकारले रु १५ लाख ८५ हजार ८६० बराबरको चाँदी र रु सात लाख ३० हजार ६०१ बराबरको सुन ४० प्रतिशत नाफा राखी रु रु १७ लाख २५ हजारमा खरिद गरेको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
मृतकका छोरा मुकेश बेगवानीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले गत जेठ २३ गते कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको थियो ।
हत्याका आरोपितमध्ये मियाँद्वयलाई दुई थान अनटेस्ट मोटरसाइकल, एक थान नलकटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित प्रहरीले सुनसरी जिल्लाको कोसी कटान क्षेत्रबाट गत जेठ २९ गते र स्वर्णकारलाई सप्तरीको नकटी रायपुर गाविस–८ रूपनीबाट गत असार ४ गते पक्राउ गरेको थियो ।
हत्याको आरोपमा संलग्न सुनसरी हरीपुर–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ, श्रीपुर–७ खुरयाईका २४ वर्षीय साबिर मियाँ, श्रीपुर–७ भण्टाबारीका २५ वर्षीय इनरदेव कामत, सप्तरीको भारदह बस्ने ३५ वर्षीय बब्लु मण्डललगायतका आरोपित फरार रहेका छन् । फरार आरोपितका नाममा अदालतले असार २९ गते नै वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ