News Category 2078/06/18
जनमत पार्टीद्वारा मुख्यमन्त्रीको राजिनामा माग
दैनिक समाचारदाता
जनकपुरधाम, १८ असोज ।
जनमत पार्टीका कार्यकर्ताहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेका छन् ।
बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि जनमत पार्टीका कार्यकर्ताहरुले मुख्यमन्त्री राउतको राजिनामा माग गदै कार्यालय घेराउ गरेका हुन् ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले भ्रष्टाचारको छानविन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेकोमा अख्तियारका पदाधिकारीलाई धन्यवाद दिदै छानविन गर्न र दोषी ठहर भए कानून बमोजिम कारबाही गर्न अख्तियारसँग आग्रह समेत गरिन् ।
उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, जनमत पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामको सडक मर्मतमा चासो नदेखाएको भन्दै सोमबारै जनकपुरधाम उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभागमा तालाबन्दी समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ