News Category 2078/06/22
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
अरुणकुमार यादव
राजविराज, २२ असोज (रासस) ।
राजविराजबाट दक्षिणतर्फ ११ किलोमिटर पर एतिहासिक तथा धार्मिक छिन्नमस्ता भगवती मन्दिर छ । बाटो दुरुस्त हुँदा सप्तरीको सदरमुकाम राजविराजबाट चारपाङ्ग्रे सवारीसाधनले १० मिनेटमा मन्दिर पुग्थ्यो । तर राजविराज–छिन्नमस्ता सडक खण्डको खराब अवस्थाका कारण मन्दिर पुग्न अहिले एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ ।
केही महिनायता सो सडक खण्डमा साना पोखरीजस्तै खाल्डा बनेका छन् । बाटोको खराब अवस्थाकै कारण अहिले राजविराजबाट मन्दिर पुग्न एक घण्टाभन्दा बढी समय लाग्ने भएको स्थानीयवासीको भनाइ छ ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर जाने सडकमा ठूलठूला खाल्डाखुल्डी भई पानी जमेका कारण दसँैमा दर्शनका लागि आउने भक्तजनलाई मन्दिरसम्म पुग्न समस्या भइरहेको छ । सो सडक खण्डमा राजविराजबाटै खाल्डाखुल्डी सुरु हुन्छ । राजविराजको सिरहारोड, बोरिया र कोचाबखारीमा बीच सडकमै ठूलो खाल्डो परेको सडकमा वर्षाको पानी जमेपछि मन्दिरसम्म मन्दिरसम्म पुग्न समस्या हुने गरेको भक्तजनको गुनासो छ ।
दैनिक रूपमा सवारीसाधनहरू दुर्घटना भइरहन्छन् । तर, सडक पुनर्निर्माण गर्नेतर्फ सरकारी निकायको ध्यान जान सकेको छैन । “राजविराजदेखि मन्दिरसम्मको ११ किलोमिटर बाटो पार गर्न एकदेखि डेढ घण्टासम्म समय लाग्ने, त्यो पनि डरलाग्दो बाटो पार गर्नुपर्ने अवस्था छ”, मन्दिरबाट पूजा गरेर फर्किनु भएका राजविराज नगरापालिका–३ का श्याम रजकले भन्नुभयो, “सडकको अवस्था हेर्दा सवारीसाधन चल्नै नसक्ने खालको छ ।” उक्त सडक खण्डमा लामो समयदेखि खाल्डो परेको भए पनि सडक विभाग र स्थानीय तहले समेत ध्यान नदिँदा मन्दिर आवतजावत गर्न भक्तजनलाई निकै सास्ती हुने गरेको उहाँको भनाइ छ ।
उहाँले सो सडक खण्ड हिलाम्मे र खाल्टोले भरिएको छ । सडकको दुरवस्थाले सर्वसाधारणलाई मन्दिरसम्म पैदल हिडेर जानसमेत समस्या रहेको बताउनुभयो । उक्त सडकमा दैनिक जोखिम मोलेर सवारीसाधन चलाउनुपरेको चालकहरू बताउँछन् । “खाल्टामा साना चारपांग्रे गाडी फस्छन्”, उहाँले भन्नुभयो, “सवारीमा त क्षति हुन्छ हुन्छ, ज्यानको पनि उत्तिकै जोखिम छ ।”
दसँैका अवसरमा मन्दिरमा भक्तजनको बढी भीडभाड हुने गर्छ । भगवतीको दर्शन र पूजापाठका लागि चार पाङ्ग्रे सवारीसाधन लिएर आउने भक्तजन हिलाम्मे र खल्डाखुल्डी सडकका कारण दुर्घटनाको जोखिममा रहेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण गत वर्ष कम भीड हुने गरेको भएपनि यो वर्ष दसैँमा दर्शानार्थीको उल्लेखनीय भीड बढी रहेको बताउनुभयो ।
मानिसको दैनिक चाप बढ्दा यहाँको जीर्ण र हिलो सडकका कारण दैनिक अटो, सिटी रिक्सा, मोटरसाइकल, कार, दुर्घटना हुने जोखिममा रहेको उहाँको भनाइ छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवालाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको गुनासो गर्दै उहाँले कोभिड–१९ का कारण गत वर्ष बलि चढाउनु बाँकी रहेकाले समेत यस वर्ष बलि चढाउने हँुदा भक्तजनको बढी भीड हुने जानकारी दिनुभयो ।
यसैबीच नेपाल भारत सीमानाका खुला भएका कारण भारतीय नागरिक छिन्नमस्ता मन्दिरमा दर्शन र पूजापाठको लागि आउने गरेको छिन्नमस्ता मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विगत डेढ वर्षदेखि कोरोना महामारीका कारण नेपाल सरकारले नेपाल–भारत सीमानाका बन्द गरेको हुँदा छिन्नमस्ता मन्दिर दर्शन गर्न आउने भारतीय नागरिक अत्यन्तै कम थिए । सो सडक खण्डको दुरवस्थाले भक्तजनलाई सास्ती बेहोर्नुपरिरहेको स्थानीयवासी बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ