News Category 2078/06/23
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
दैनिक समाचारदाता
बिरगंज, २३ असोज ।
पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीकै असन्तुष्ट पक्षले शनिबार दिउँसो बिरगंजमा प्रदर्शन गरेको छ ।
सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए । सांसद प्रदीपका कार्यकर्ताले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।
मोटरसाइकल जुलुस घण्टाघर चोकमा पुगेपछि उपेन्द्र यादवको पुतला दहन गरिएको थियो । शुक्रबार जसपाबाट केन्द्रीय सरकारमा चारजना मन्त्रीले शपथ लिएका थिए । सांसद प्रदीपको योगदानको कदर नभएको समर्थकहरूको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ