News Category 2078/06/23
सीमानाकामा सवारीसाधनमा रोकप्रति ध्यान पुगोस्
भारतीय भक्तजनहरु सप्तरीस्थित छिन्नमस्ता मन्दिर दर्शनका लागि नआउँदा यस पटकको दशैंमा पनि मन्दिर परिसर विगतको दुई वर्ष झै सुनसान देखिएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्षदेखी भारत नेपाल सीमा बन्द रहेको अवस्थामा एक हप्ता अघि मात्र नेपाल सरकारले सीमानाकामा सवारीसाधन आवतजावतका लागि अनुमति दिएको छ । यसअघि सीमानाकामा पैदल आवतजावतमा रोक थिएन् । नेपाल सरकारले गरेको निर्णयप्रति नेपाली पक्ष सकारात्मक रहेपनि भारतीय पक्षले भने अनुदारता देखाएका छन् ।
सीमा सुरक्षाका लागि खटिएका भारतीय सुरक्षाकर्मीहरुले सीमानाकाबाट सवारीसाधन आजतजावतका लागि माथिल्लो निकायबाट कुनै जानकारी नआएको भन्दै दुबैतर्फको सवारीसाधन आवतजावतमा रोक लगाएका छन् । यसरी एउटा राष्ट्रको सरकारले सीमानाका खुल्ला गर्नु र अर्को राष्ट्रको सरकारले उक्त निर्णयप्रति अनभिज्ञता प्रकट गर्नु भनेको दुई राष्ट्रबीचको पराष्ट्र समन्वय फितलो हुनु हो । छिन्नमस्ता मन्दिर भारतीय सीमानाकासँगै जोडिएको छ । दशकौंदेखी खुल्ला सीमानाका तथा छिमेकीका कारण भारतीयहरु यस मन्दिरमा दिनहुँजसो पूजा गर्न आउने गरेका छन् । तर, दशैं जस्तो पर्वमा भारतीय पक्षले सवारीसाधन आवतजावतमा रोक लगाएर धार्मिक, साँस्कृति तथा पर्यटन क्षेत्रमा आघात पुर्याएको छ ।
तसर्थ यस समस्याको समाधानका लागि दुबै राष्ट्रले मातहातका निकायमा समन्वय गरेर सवारीसाधन आवतजावतलाई धार्मिक परियोजनका लागि खुल्ला गर्न पहल गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ