News Category 2071/03/28
बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरण गर्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २७ असार ।
बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरणका लागि सम्पुर्ण जिम्मेवार निकायहरु जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन ।
जिल्ला विकास समितिको सहयोग तथा विवेकशिल युवा जागरण केन्द्र नेपालको आयोजनामा सप्तरीको देउरी भरुवा गाविस ३ स्थित मुस्लिम टोलमा बालबालिका विरुद्ध हुने भेदभाव, हिंसा तथा विभेद न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
आयोजक संस्थाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा स्थानीय समाजसेवी मो. जैनुल मियाँको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल परिवार दलका जिल्ला कोषाध्यक्ष मो. बब्लु खाँ, पत्रकार शुभ नारायण यादव, समाजसेवी बद्री नारायण यादव, अहेव मंजु यादव, बिपीएच कविता यादव, शिक्षिका विभा यादव, हुर्क नेपालका अध्यक्ष पार्थो सरकार, संस्थाका परमेश्वर यादव, माजुन याखव, आशा कुमारी यादव सहितका बक्ताहरुले भविष्यका कर्णाधार बालबालिकाहरुमाथि हुने भेदभाव, हिंसा र विभेद न्युनिकरणका लागि ग्रामिण भेगका स्थानीयहरु सक्रिय भएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी झल्ही फर्सैठ र विषहरिया गाविसको दलित बस्तीमा समेत उक्त कार्यक्रमको आयोजना गरेको थियो । संस्थाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा स्थानीय दलित अगुवा तुलसी सदाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा नेपाल परिवार दलका जिल्ला कोषाध्यक्ष मो.बब्लु खाँ, पत्रकार शुभ नारायण यादव, समाजसेवी बद्री नारायण यादव, अहेव मंजु यादव, बिपीएच कविता यादव, शिक्षिका विभा यादव सहितले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तिन गाविसका करिब एक सय भन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाका ईन्द्र देव ठाकुरले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ