News Category 2071/03/27
तिलाठी ९ बेल्ही टोलकी तीन जना महिला बोक्सीको आरोपमा पटक पटक कुटाई खा“दै
दैनिक सम्वाददाता
राजविराज २६ असार ।
अहिलेको २१ औ शाताब्दीमा पनि हाम्रो समाजमा कथित बोक्सीको कुप्रथा कायमै रहेको देखिन्छ ।
कथित बोक्सीको आरोपमा सप्तरी सहित तराईका विभिन्न जिल्लाहरुमा पटक पटक महिलालाई कुटपिट गर्ने गरेको पाइएको छ ।
यसैक्रममा सप्तरीको तिलाठी गाविस ९ बेल्ही टोलकी मरियम खातुन पनि कथित बोक्सीको आरोपमा आफनै छिमेकीहरुबाट पटक पटक कुटाई खानुपरेकी छिन ।
स्थानीय मो.सकुरकी ७० वर्षिया श्रीमति खातुनलाई उनका आफनै छिमेकीहरुले पटक पटक कथित बोक्सीको झुठो आरोप लगाई बारम्बार कुटपिट गर्दै आएको पिडितले बताईन ।
एनका स्थानीयहरुको कसैको घरमा कोही बिरामी हुदाँ पनि उनलाई उनका आफनै छिमेकीहरु मो.सहिद,मो.तुफान,चौहान सहितका ब्यक्तिहरुले पटक पटक कुटपिट गरी घरबाट निकाला गरेको पिडितले बताईन । पिडित महिला खातुनलाई दुई छोरा र दुई छोरी रहेको छ ।
त्यस्तै उनी जस्तै उनका छिमेकी जहना खातुन पनि कथित बोक्सीको आरोपमा दर्जनौ पटक कुटपिटको सिकार भईसकेकी बताउँछिन ।
घरको आर्थिक अवस्था एकदमै कमजोर रहेकी जहनालाई उनकै आफनै छिमेकीहरुले पटक पटक तिमी बोक्सी हो भनि कुटपिट गरेको पिडितले संचारकर्मीहरु समक्ष गुनासो पोखेकी छिन ।
आफनो श्रीमान विगत दुई वर्ष देखि बिरामी परेको तथा घरको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले आफुमाथि छिमेकीहरुले बोक्सीको झुठो आरोप लगाएर पटक पटक गालीगजौज गर्दै कुटपिट गर्दै आएको उनको भनाई रहेको छ । उनका दुई छोरी र एक छोरा रहेको छ ।
त्यस्तै सोही गाविसकी बेचनी खातुनको पनि यस्तै समस्या रहेको छ । उनलाई पनि उनका आफनै छिमेकीहरुले बोक्सीको झुठो आरोपमा पटक पटक गालीगलौज र कुटपिटको सिकार खेप्नु परेको उनको भनाई रहेको छ । उनलाई आफनै छिमेकीहरुले बिना कारण गाउँ टोलमा कसैलाई केही हुदाँ आफुलाई तिमी बोक्सी हो भनि कुटपिट गर्दै आएको पिडितले दुखेसो पोखेकी छिन ।
हुन त तिलाठी सप्तरीकै शिक्षित गाविसको रुपमा चिनिन्छ ,तर तिलाठी जस्तो गाविसमा अहिलेको २१ औ शाताब्दीमा पनि अन्धविश्वासमा परि त्यहाँका स्थानीयहरुले कथित बोक्सीको आरोपमा महिलाहरुलाई पटक पटक बोक्सीको आरोपमा बारम्बार कुटपिटको सिकार हुनुपरेको छ ।उनीहरुलाई पटक पटक बिना कारण बोक्सीको झुठो आरोपमा कुटपिट गरेपनि त्यसतर्फ गाउँका समाजसेवी ,बृद्धिजीवी तथा सम्बन्धित कुनै पनि ब्यक्तिले अहिले सम्म कसैले पनि केही नबोलेको पिडितहरुको भनाई रहेको छ ।
मुलुकमा बढदो महिला हिन्साको घटनामा दिन प्रतिदिन बृद्धि भईरहेको बेला सप्तरीको तिलाठी गाविस ९ बेल्ही टोलकी तीन जना महिलाहरु बर्र्षौदेखि महिला हिन्साको सिकार खेपेर जीवन यापन गरेपनि त्यसतर्फ विभिन्न संघ संस्था तथा सम्बन्धित निकायको अझै ध्यान जान सकेका छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ