News Category 2071/03/27
सात महिने बालिकालाई आमाको जिम्मा लगाईयो
दैनिक सम्वाददाता
राजविराज २६ असार ।
सप्तरीको ठेलिया गाविस ७ गोरपारकी सात महिनाकी किर्ती कुमारी खंगलाई सप्तरी जिल्ला अदालतले सो बालिकालाई उनको आमाको जिम्मा लगाउँने आदेश दिएको छ ।
बालिकाकी आमा १६ वर्षिेया मनीता कुमारी खंगले आफना पति देव नारायण खंग सहित ससुरा लक्ष्मण खंग,सासु सरस्वति देवी खंग र जेठाजु सुरजा खंगले दुधेबालिका खोसी घरबाट निकाला गरेको भन्दै पिडितले जिल्ला अदालतमा घरेलु हिन्साको मुदा दर्ता गरेकी थिईन ।
सो मुदा जिल्ला अदालत ४ न.का न्यायधिश बद्री प्रसाद ओलीको एकल ईजलाशले सो दुधेबालिकालाई आमाको जिम्मा लगाउँने आदेश दिएको हो ।
आरोपितका पति देव नारायणले नागरिकता र विवाह दर्ता बनाई नदिएपछि बालिका छोरीको जन्मदर्ता बनाउँन असार ७ गते गाविस कार्यालय जादाँ आरोपितहरुले छोरी खोसी घरबाट निकाला गरेको भन्दै पिडितले उजुरी दिएकी थिईन ।
पिडित मनीतालाई उनका आफनै पति देवनारायण ,सासु ,ससुरा र जठाजु मिलेर पटक पटक कुटपिट गरी घरबाट निकाला गरेको भन्दै पिडितले हुपेक मार्फत जिल्ला अदालतमा घरेलु हिन्साको मुदा दर्ता गरेकी थिईन ।
मनीता र देव नारायण बिच सामाजिक परम्परा अनुसार गत्त २०६९ साल बैशाख १८ गते विवाह भएको थियो । पिडितको सात महिनाकी छोरी आरोपितहरुसँग छ भने घरबाट निकालिएपछि असार ७ गतेदेखि पिडित मनीता सप्तरीकै लोहजारा गाविस ८ स्थित माईतीमा बस्दै आएकी थिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ