News Category 2071/03/26
नक्कली नागरिकता बनाएको आरोपमा प्रशासकिय अधिकृतसहित तीनजना कारागार चलान
दैनिक संवाददाता
राजविराज, २५ असार ।
नक्कली नागरिकता बनाएको आरोपमा संलग्न रहेका तीन जनालाई जिल्ला अदालत राजविराजले बुधबार पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
किर्ते गरि जग्गा बेच्ने कार्यमा संलग्न रहेका जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत प्रशासकीय अधिकृत तेजेन्द्र बहादुर कार्की, सप्तरीको काचन गाविसका सचिव नबोनाथ मिश्र र स्थानीय प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण महतोलाई जिल्ला अदालतका न्यायाधिश रामप्रसाद अधिकारीको एकल इजलाशले कारागार चलान गर्ने आदेश दिएको हो ।
बर्षौंदेखि गाउूमा नबसेका एक ब्यक्तिको नक्कली नागरिकता बनाई उसको नाममा रहेको २५ विघाभन्दा वढि जग्गा बेच्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरेको हो ।
काचन गाविस–६ का ज्योति शम्सेर राणाको नाममा नक्कली नागरिकता बनाई उसको जग्गा बेच्न खोजेको आरोप उनीहरुलाई पक्राउ गरेको थियो ।
हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर १० बस्दै आएका प्रहलाद शम्सेरका छोरा ज्योति शम्सेर राणाको अनुपस्थितिमा उनको फोटो टाूसेर गत बैशाख २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीवाट किर्ते नागरिकता जारी गरिएको थियो ।
उक्त नागरिकताको आधारमा नक्कली ज्योति शम्सेर खडा गरी उनको नाममा काचन गाविसको विभिन्न स्थानहरुमा रहेको झण्डै २५ विघा भन्दा बढि जग्गा बेच्न खोजिएपछि सुराकीको आधारमा प्रहरीले काचनका गाविस सचिव नबोनाथ मिश्रलाई पहिला पक्राउ गरेको थियो ।
गाविस सचिवकै भनाईको आधारमा प्रहरीले नागरिकता रुजु गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की तथा काचन प्रहरी चौकीका असई सत्यनारायण महतोलाई समेत नियन्त्रणमा लिएको थियो ।
ज्योतिका बुवा प्रहलाद शम्सेरको परिवार काठमाण्डौमा बस्ने गरेपनि ज्योति भने लामो समयदेखि भारतको नयाू दिल्लीमा बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ