News Category 2071/03/26
नक्कली नागरिकता बनाएको आरोपमा प्रशासकिय अधिकृतसहित तीनजना कारागार चलान
दैनिक संवाददाता
राजविराज, २५ असार ।
नक्कली नागरिकता बनाएको आरोपमा संलग्न रहेका तीन जनालाई जिल्ला अदालत राजविराजले बुधबार पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
किर्ते गरि जग्गा बेच्ने कार्यमा संलग्न रहेका जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत प्रशासकीय अधिकृत तेजेन्द्र बहादुर कार्की, सप्तरीको काचन गाविसका सचिव नबोनाथ मिश्र र स्थानीय प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण महतोलाई जिल्ला अदालतका न्यायाधिश रामप्रसाद अधिकारीको एकल इजलाशले कारागार चलान गर्ने आदेश दिएको हो ।
बर्षौंदेखि गाउूमा नबसेका एक ब्यक्तिको नक्कली नागरिकता बनाई उसको नाममा रहेको २५ विघाभन्दा वढि जग्गा बेच्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरेको हो ।
काचन गाविस–६ का ज्योति शम्सेर राणाको नाममा नक्कली नागरिकता बनाई उसको जग्गा बेच्न खोजेको आरोप उनीहरुलाई पक्राउ गरेको थियो ।
हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर १० बस्दै आएका प्रहलाद शम्सेरका छोरा ज्योति शम्सेर राणाको अनुपस्थितिमा उनको फोटो टाूसेर गत बैशाख २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीवाट किर्ते नागरिकता जारी गरिएको थियो ।
उक्त नागरिकताको आधारमा नक्कली ज्योति शम्सेर खडा गरी उनको नाममा काचन गाविसको विभिन्न स्थानहरुमा रहेको झण्डै २५ विघा भन्दा बढि जग्गा बेच्न खोजिएपछि सुराकीको आधारमा प्रहरीले काचनका गाविस सचिव नबोनाथ मिश्रलाई पहिला पक्राउ गरेको थियो ।
गाविस सचिवकै भनाईको आधारमा प्रहरीले नागरिकता रुजु गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की तथा काचन प्रहरी चौकीका असई सत्यनारायण महतोलाई समेत नियन्त्रणमा लिएको थियो ।
ज्योतिका बुवा प्रहलाद शम्सेरको परिवार काठमाण्डौमा बस्ने गरेपनि ज्योति भने लामो समयदेखि भारतको नयाू दिल्लीमा बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ