News Category 2071/03/26
तीन महिनाको अवधिमा सप्तरीमा ६७ वटा मानवअधिकार उल्लघंनका घटना
दैनिक संवाददाता
राजविराज, २५ असार ।
सप्तरीमा दिन प्रतिदिन मानवअधिकार उल्लघंनका घटनामा बृद्धि भईरहेको तथ्याङ्ग ईन्सेकले सार्वजनिक गरेको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सप्तरीको आयोजनामा यहाँ आयोजित नेपाल मानवअधिकार वर्ष २०१५ को दोश्रो त्रैमासिक पुर्व समिक्षा गोष्ठिमा सो तथ्याङ्ग सार्वजनिक गरेको हो ।
ईन्सेकद्धारा सार्वजनिक प्रतिवेदनमा सप्तरीमा तीन महिनाको अवधिमा ६७ वटा घटना हुनु र त्यसमा पनि ४८ वटा घटना महिला हिंसासग सम्वन्धित घटनाहरु भएको सार्वजनिक गरेका हुन ।
ईन्सेक सप्तरीले प्रस्तुत गरेको २०१४ अप्रिल देखि जुन (२०७१ चैत १८ देखि असार १८ गते) सम्मको तीन महिनामा मात्र ६ ओटा घटनामा ४ महिला सहित ७ को हत्या, ७ वालिका सहित ११ को वलात्कार, १ वालिका सहित २ को वलात्कार प्रयास, १ वालिकामाथी दुब्र्यवहार र गाउनिकाला सहित कुटपिट र अमानविय ब्यवहारका ३ वटा घटना भएका छन् । यसैगरी गैरकानुनी थुनाका २, राज्यपक्षवाट कुटपिटका २ र आर्थीक समाजिक अधिकार अन्तर्गतका २, घरेलु हिंसाका १६, घरनिकालाका १६, वहुविवाहका ३ र कथित वोक्सि आरोपका ३ गरी कुल ६७ वटा घटना भएको इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कुरितीजन्य हिन्सा अन्त्य राष्ट्यि सञ्जाल सप्तरीकी संयोजक विमला पराजुलीको अध्यक्षतामा तथा जिल्ला न्यायाधिस वद्रिप्रसाद ओलीको प्रमुख आतिथ्य र सप्तरीका सिडिओ नरहरी वरालको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलाल, जिल्ला बार एसोसिएसनका अध्यक्ष कृपानारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा, राष्टिूय मधेस समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र मण्डल, महिला विकास अधिकृत सुशिला चौधरी, स्थानीय शान्ति समितिका संयोजक दिगम्बर यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सचिव भोगेन्द्र चौधरी लगायतका बक्ताहरुले सप्तरीमा मानवअधिकार उल्लघंनका घटनामा दिन प्रतिदिन बृद्धि भईरहेको प्रति चिन्ता ब्यक्त गरेका छन ।
सोही कार्यक्रममा थरुहट तराइ पार्टी नेपालका अध्यक्ष पुर्ण प्रसाद चौधरी, गैसस महासंघका अध्यक्ष श्यामकान्त चौधरी, जिल्ला शिक्षा अधिकारी डिकबहादुर राई, जिल्ला न्यायाधिवक्ता हिमालय त्रिताल, सशस्त्र प्रहरी उपरिक्षक अभिकुमार खत्री, निमित्त स्थानीय विकास अधिकारी सुरेश राउत, जेलर लेखनाथ खतिवडा, महिला हिंसा विरुद्धकी सञ्जालकी मन्जु श्रेष्ठ, बालअधिकार अधिकृत पुनम चौधरी, नेपाल पत्रकार महासंघका सप्तरी अध्यक्ष प्रकाश खतिवडा,कानुनीसहायता अधिवक्ता राप्रसाद गौतम, जिल्ला सेवा केन्द्रका विष्ण्ुा कोइराला, सञ्चारकर्मी र अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ