News Category 2071/04/02
छिन्नमस्ता शक्तिपीठमा सोलार जडन
दैनिक संवाददाता
राजविराज, १ साउन ।
नेपालमै प्रसिद्ध छिन्नमस्ता सख्डेश्वरी मन्दिरमा बिहिबार सोलार जडान गरिएको छ ।
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा छिन्नमस्ता सख्डेश्वरी मन्दिरमा एक थान सोलार जडान गरेको समाजका अध्यक्ष राम कुमार यादवले जानकारी दिनुभयो ।
नेपालमै प्रसिद्ध मानिएको छिन्नमस्ता सख्डेश्वरी मन्दिरमा विद्युत नभएको बेला चोरी, डकैती, लुटपाट जस्ता अपराधिक क्रियाकलाप हुने गरेकाले त्यसलाई मध्यनजर गरी मन्दिरमा सोलार जडन गरेको समाजले जनाएको छ ।
यसैबिच सो मन्दिरमा सोलार जडन गरेपछि अब राति पनि छिन्नमस्ता मन्दिर झिलीमिली हुने भएपछि मन्दिरमा मुल पुजारी पिठाधिश महाकान्त ठाकुरले विपि विचार समाजप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
यसअघि राजविराज नगरपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिरमा सोलार लाइट लगाउने कार्य भईरहेको छ । राजविराज नगरपालिका १ स्थित श्री चण्डी दुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, राजविराज ९ स्थित राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र राजविराज ७ स्थित बागेश्वरी मन्दिरमा मंगलबार सोलार लाईट जडन गरिएको छ ।
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा राजविराज नगरको सार्वजनिक स्थलदेखी मठमन्दिरमा पनि सोलार लाइट जडन गरिदै छ ।
मन्दिरमा साँझ बत्तिको समस्याले श्रद्धालुहरुलाई पुजा गर्न कुनै समस्या नहोस् भन्ने दृष्टिकोणले सोलार लाईट जडन गरिएको समाजका अध्यक्ष यादवले बताउनुभयो ।
मन्दिरहरुमा ६ वटा चिम भएको तथा नगरको सार्वजनिक स्थलमा एउटा चिम भएको सोलार लाईट जडन गरिएको छ ।
यसअघि पहिलो चरणमा नगरको २१ सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिसकेको समाजका अध्यक्ष यादवले जानकारी दिदै दोश्रो चरणमा अहिले मठमन्दिरमा सोलार लगाइने कार्य भइरहेको बताउनुभयो ।
यस्तै अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो ।
आउँदो दिनमा जिल्ला भरिका मठमन्दिरहरुमा सोलार लाईट जडन गर्ने तथा निकट भविष्यमा विपी समाजले उर्जा सम्बन्धि विभिन्न कार्य गर्ने योजना समेत रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
नगरपालिकाका साथै जिल्लाको विभिन्न धार्मिक स्थलहरुमा सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ