News Category 2071/04/02
मुस्लिम महिलाहरु महिला अधिकारको बारेमा खुलेर बहश गर्न थाले
दैनिक संवाददाता
राजविराज, १ साउन ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ९ की मुस्लिम समुदायका महिलाहरु खुलेर आप्mनो अधिकारको बारेमा बहश गर्न थालेका छन् ।
यसअघि मुस्लिम समुदायका महिलाहरु घुघँटोमै सीमित रहने महिलाहरु पनि अचेल महिला अधिकारको बारेमा खुलेर बहश गर्दै आएका छन ।
एलजिसीडिपीको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा राजविराजमा आयोजित भलुवाही सचेतना केन्द्रका सदस्यहरुलाई एक दिने क्षमता अभिबृद्धि सम्बन्धि तालिममा सहभागि मुस्लिम महिलाहरुले महिला अधिकारको बारेमा यसरी खुलेर बहश गरेका हुन ।
तालिममा सहभागि राजविराज नगरपालिका ९ की सहजान खातुन यसअघि महिलाको अधिकार, काम, कर्तव्यको बारेमा केही पनि जानकारी नभएको बताउँदै उनले सचेतना केन्द्रमा अवद्ध भएका दिनदेखि आफुले महिलाको के कति अधिकार रहेको छ सो बारेमा अब खुलेर बहश गर्न आईरहेको बताईन ।
उनी जस्तै सो तालिममा सहभागि अर्का महिला मुस्तफा खातुन पनि महिला अधिकारको बारेमा अहिले खुलेर बहश गर्न थालेकी छिन । यसअघि मुस्लिम समुदायका महिलाहरु घरको चार दिवारी तथा घुघँटोमै सिमित रहेको बताउँदै तालिममा सहभागि अधिकांश महिलाहरु सचेतना केन्द्रमा अवद्ध भएका दिनदेखि अचेल महिला अधिकारको बारेमा खुलेर बहश गर्न थालेका छन ।
सो एक दिने क्षमता अभिबृद्धि तालिममा प्रा. सुरेन्द्र प्रसाद गुप्ताले पर्दामा बस्ने यी मुस्लिम समुदायका महिलाहरु खेलेर सचेतना केन्द्रमा बहश गर्न थालेकोमा खुशि ब्यक्त गर्दै उनीहरुका लागि ठोस सीपमुलक कार्यक्रम ल्याउँनुपर्नेमा जोड समेत दिनुभयो ।
सो तालिममा राजविराज नगरपालिकाका शाखा अधिकृत प्रफुल श्रेष्ठ, सामाजिक परिचालक रंजिता कुमारी यादव, पत्रकारद्धय चन्दन कुमार यादव, शुभ नारायण यादव सहितकाहरुले सहजिकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ