News Category 2071/04/03
दाइजोका कारण गर्भवति महिलाको हत्याको आरोप
दैनिक संवाददाता
राजविराज, २ साउन ।
दाइजोका कारण सप्तरीमा थप एक गर्भवति महिलाको हत्या भएको छ । सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा आप्mनै श्रीमान, सासु र ससुरा मिलेर गर्भवति महिलाको हत्या गरेको आरोप लगाइएको छ ।
सप्तरीको सारस्वर गाविस ८ कुशमहार टोल निवासी नथुनी मण्डलकी २० वर्षिया छोरी पुनिता मण्डलको उनका आप्mनै श्रीमान् अर्जुन कुमार मण्डल, ससुरा कपलेश्वर मण्डल र सासु मिलेर हत्या गरेको मृतकका बुबा नथुनी मण्डलले आरोप लगाउनु भएको छ ।
गत २०७० साल बैशाख २३ गते १ लाख नगद, यमाहाको वाईजेडआर मोटरसाईकल, १ भरी सुन र १ केजी चाँदी दिएर पुनिताको विवाह गरेको मृतकका बुबा नथुनीले बताउनुभयो ।
यसअघि पनि आप्mना छोरीलाई उनका आफनै श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माँग गर्दै आएको बताउँदै नथुनीले भन्नुभयो, “दहेज नदिदाँ पटक पटक आप्mना छोरी पुनितालाई उनीहरुले कुटपिट गर्दै आएका थिए ।”
छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक ५÷१० हजार रकम दिदै आएको थियो, उहाँले भन्नुभयो, “बिहिबार साँझ उसको श्रीमान्, ससुरा र सासु मिलेर कुटपिट गर्नुका साथै साडीले घाँटी थिचेर हत्याको प्रयास गरेका थिए ।”
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा नथुनीले भन्नुभयो “साडीले घाँटी थिचेपछि पुनिता कराएको थियो, त्यसपछि गाउँ टोलका मानिसहरु भेला हुन थालेपछि उसलाई घरको छतबाट फालेर हत्या ग¥यो ।”
हत्या गरिएका पुनिता ४ महिनाको गर्भवति रहेको पीडितका बुबा नथुनीको भनाई छ ।
यसैबीच हत्याको आरोपमा मृतक पुनिताका श्रीमान् २२ वर्षिय अर्जुन कुमार मण्डललाई प्रहरीले नियन्त्रण लिई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिने छ, यसका लागि प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।”
यता पुनिताको शव हाल पोष्टमार्टमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबिच पुनिता हत्याको अन्तरपार्टी महिला संजालकी अध्यक्ष पुनम यादव, माधवी साह, कुरिती अन्त्यका लागि राष्ट्रिय संजाल एवं एकल महिला समुहकी अध्यक्ष अनिता देवकोटा सहितकाहरुले दहेजका कारण पुनिताको हत्या गरेको भन्दै सो कार्यको घोर भत्र्सना गर्दै उक्त घटनाको थप अनुसन्धान गरी दोषीमाथि हदै सम्मको कानुनी कार्बाही गर्नुपर्ने जोडदार माँग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ