News Category 2071/04/09
चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको आरोप
दैनिक संवाददाता
राजविराज, ८ साउन ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएका एक बिरामीको अस्पतालको लापरवाहीले मृत्यु भएको छ ।
सप्तरीको खोक्सर प्रवाहा गाविस ४ निवासी हाल शम्भुनाथ नगरपालिका ४ का अन्दाजी ५५ वर्षिय गर्भु साहको मृत्यु भएको हो ।
साहका छोरा भुवनेश्वर साहले भन्नुभयो “बुबा बिरामी भएको अवस्थामा बुधबार गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको बेड नम्बर ५९ मा सामान्य बिरामीको अवस्थामा भर्ना गरिएको थियो, त्यसपछि अस्पतालका चिकित्सकहरुले उहाँको हेरचार गरिरहदा बिहीबार दिउँसो अचानक मृत्यु भयो ।”
मृतकका छोरी ललिता साहले भन्नुभयो “अस्पतालमा भर्ना भएका बुबालाई बिहिबार दिउँसो करिब १ बजेतिर हाथमा सुई लगाएको थियो, तर सुई लगाएको केही समय पछि नै उहाँको मृत्यु भयो ।” मृतकका एक छोरा र चार छोरी छन् ।
यसैबीच मृतकका परिवारजनले चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तजनले केही समय अस्पतालमा होहल्ला समेत गरेका थिए । मृतकका आफन्तजनहरुले मृतक परिवारलाई उचित क्षतिपुर्ति, उपचारमा खटिएका चिकित्सकलाई आवश्यक कार्बाही तथा मृतकलाई पोष्टमार्टम गर्नुपर्ने लगायतका विभिन्न माँगहरु अघि सारि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
यसैबीच सो सम्बन्धमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुखसँग सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ