News Category 2071/04/10
छोरीको हत्या गरियो ः मृतकका बुबा
दैनिक संवाददाता
राजविराज, ९ साउन ।
सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा गर्भवती महिलाको हत्या गरिएको आरोप मृतकका परिवारजनले लगाएका छन् ।
सप्तरीको सारस्वर गाविस ८ कुशमहार टोल निवासी नथुनी मण्डल र राजकुमारी देवीकी २० वर्षिया छोरी पुनिता मण्डलको उनका आप्mनै श्रीमान् अर्जुन कुमार मण्डल, ससुरा कपलेश्वर मण्डल र सासु मिलेर हत्या गरेको मृतकका बुबा र आमाले शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाउनु भएको हो ।
गत २०७० साल बैशाख २३ गते १ लाख नगद, यमाहाको वाईजेडआर मोटरसाईकल, १ भरी सुन र १ केजी चाँदी दिएर पुनिताको विवाह गरेको मृतकका बुबा नथुनीले बताउनुभयो ।
यसअघि पनि आप्mना छोरीलाई उनका आफनै श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माँग गर्दै आएको बताउँदै नथुनीले भन्नुभयो, “दहेज नदिदाँ पटक पटक आप्mना छोरी पुनितालाई उनीहरुले कुटपिट गर्दै आएका थिए ।”
छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक ५÷१० हजार रकम दिदै आएको थियो, उहाँले भन्नुभयो, “साउन १ गते बिहिबार साँझ उसको श्रीमान्, ससुरा र सासु मिलेर कुटपिट गर्नुका साथै साडीले घाँटी थिचेर हत्याको प्रयास गरेका थिए ।”
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा नथुनीले भन्नुभयो “साडीले घाँटी थिचेपछि पुनिता कराएको थियो, त्यसपछि गाउँ टोलका मानिसहरु भेला हुन थालेपछि उसलाई घरको छतबाट फालेर हत्या ग¥यो ।”
हत्या गरिएका पुनिता ४ महिनाको गर्भवति रहेको पीडितका बुबा नथुनीको भनाई छ ।
यसैबीच मृतक पुनिताका श्रीमान् २२ वर्षिय अर्जुन कुमार मण्डल र उनका बुबालाई प्रहरीले नियन्त्रण लिई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ