News Category 2070/03/16
सप्तरीका एसपीसहित २ सय कर्मचारी अख्तियारको छानबिन दायरामा
दैनिक संवाददाता
राजविराज, १४ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका प्रहरी प्रमुख एसपीसहित बिभिन्न सरकारी कार्यालयहरुको सम्पत्ति छानबिन शुरु गरेको छ ।
अख्तियारले कर्मचारीहरुको सम्पत्ति छानबिन शुरु गर्दै उनीहरुको बैंक लकर रोक्का समेत गराएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी संजयसिंह बस्नेत छानबिनको दायरामा परेको अख्तियारले जनाएको छ । छानबिनको दायरामा आएका यिनीहरुले करोडौं सम्पत्ति अवैध रुपमा आर्जन गरेको अख्तियारको भनाई छ ।
बस्नेतसँगै नेपाल प्रहरीका डिआइजी प्रतापसिंह थापा र रमेशविक्रम शाह तथा डिएसपी हिराबहादुर गिरी पनि छानबिनको दायरामा परेका छन् ।
यस्तै सशस्त्र प्रहरी महानिरीक्षक कोषराव वन्तसहितका उच्च सरकारी अधिकारीको सम्पत्ति छानबिन हुनेछ ।
आयोगले वन्तसहित एसएसपी श्यामकाजी कुँवर, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुँवर र गोपीमान श्रेष्ठको सम्पत्ति पनि छानबिन गर्नेछ ।
नेपाल टेलिकमका महाप्रबन्धक दिगम्बर झा, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगवानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा र देवनारायण यादवको सम्पत्ति छानबिन गर्नेछ ।
ऊर्जा मन्त्रालयका मोती कुँवर, वैदेशिक रोजगार विभागका भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी, आयल निगमका वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गाइत र पर्साका मुकुन्दप्रसाद घिमिरे छानबिनको दायरामा परेका छन् ।
सिटिईभिटीका रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल, गृह मन्त्रालयका उद्धव तिमिल्सिना, गोपाल पराजुली, दीपक पोखरेल, यातायात व्यवस्था कार्यालयका विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा र खुसीलाल कर्ण जनकपुर, नापी विभागका सुमन्त झा पर्सा, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका महाप्रबन्धक दिनेश श्रेष्ठ, राजस्व प्रशासन– कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना, दीर्घराज मैनाली बानेश्वर छानबिनको दायरामा परेका छन् ।
यस्तै विद्युत प्राधिकरणका विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, मेडिकल काउन्सिल अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय, इन्जिनियरिङग परिषद्का शालिग्राम सिंह, दूरसंचार प्राधिकरणका विजय ठाकुर रहेका छन् ।
नगरपालिकातर्फका रामबहादुर थापा, साधुराम भट्टराई, बाबुराम गौतम, बद्री खड्का, बसन्त आचार्य, देवेन्द्र पोखरेल, प्रमोद ढुंगाना, उत्तरकुमार रेग्मी, देवेन्द्र डंगोल, नरेन्द्र श्रेष्ठ, दीपक कोइराला छन् । यी सबै काठमाडौं नगरपालिकाका छन भने एक जना विराटनगरका गोपाल रेग्मी छानबिनको दायरामा छन् ।
विराटनगर शहरी विकासका कामेश्वरप्रसाद सिंह, सिंचाई मन्त्रालयका सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ, कृषि मन्त्रालयका लेखनाथ आचार्य, केयुकेएलका रविन्द्र नेपाल र लीला ढकाल, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक त्रिरत्न मानन्धर र पुष्यराज शाक्य, कृषि विकास बैंकका सागरचन्द्र जोशी र मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका बद्रीबहादुर कार्की र झापाका ठाकुरप्रसाद निरौला अख्तियारको छानबिन दायरमा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ