News Category 2071/04/12
नागेश्वर प्रसाद सिंहद्वारा सप्तरीमा नेतृत्वदायि भुमिका निर्वाह ः वक्ताहरु
दैनिक संवददाता
राजविराज, ११ साउन ।
बामपन्थी नेता कृष्णराज वर्माले स्व. डा. नागेश्वर प्रसाद सिंहले राजनीतिमा सप्तरीले नेतृत्वदायि भुमिका निवार्ह गर्नुभएको बताउँनुभएको छ ।
विश्व शान्ति समितिको आयोजनामा आईतबार राजविराज आयोजित समाजसेवी एवं शान्तिकामी स्व. डा.नागेश्वर प्रसाद सिंहको चोथौ स्मृति सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले शुरुदेखि नै राजनीतिक प्रेरणा भएका ब्यक्ति स्व. डा. सिंह नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहनुभएको बताउनुभयो ।
नेता बर्माले जीवनभरी सक्रिय भुमिका निर्वाह गर्ने स्व. डा. सिंह २०४७÷०४८ को निर्वाचनमा शान्ति स्थापनाका लागि आन्दोलन गर्नुभएको बताउँदै उहाँले यस्ता प्ररणादायि ब्यक्तिहरुको खोजी गर्नु जरुरी रहेको औल्याउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लोक दलका नेता खुशी लाल मण्डलले प्रजातन्त्र, मधेश र मधेशी जनताको हकअधिकारका लागि लड्दै आउनुभएका डा. स्व. सिंह २०१४ सालमा हिन्दी आन्दोलनमा अहम भुमिका निर्वाह गर्नुभएको तथा मधेश र मधेशीको हकअधिकारका लागि स्व. सिंह सदैव लड्दै आउनुभएको जिकिर गर्नुभयो ।
मण्डलले समाज र देशका लागि योगदान गर्ने ब्यक्तिहरुको स्मरण गर्न सकिने बताउँदै यस्ता बुद्धिमान र सक्षम ब्यक्तिहरुको स्मृति दिवस मात्र मनाएर नभई कुशल ब्यक्तिहरुको अझै मुलुकमा खाँचो रहेको औल्याउनुभयो ।
विश्व शान्ति समितिका मधु बिसीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी एवं बरिष्ठ उद्योगपति सिताराम कावँरा, बरिष्ठ अधिबक्ता हिम्मत सिंह, मविव क्याम्पसका क्याम्पस प्रमुख डा.चिरन्जिवी लाल देव, रेडक्रस सोसाईटीका संयोजक जोगेन्द्र भगत, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मदनमोहन चौधरी, रामनरेश सिंह सहितका बक्ताहरुले स्व. डा. सिंहले दिनुभएको योगदानको सम्पुर्ण देशबासीहरुले कदर गर्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रमको संचालन राजविराज जेसिजका पूर्वअध्यक्ष मनोहर कुमार पोखरेलले गर्नुभएको थियो । स्व. डा. सिंह २०१५ सालमा प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०७१ सालमा अर्थमन्त्री तथा त्यसपछि क्रमश विद्युत, नहर, निमार्ण तथा यातायात मन्त्री बन्नुभएको थियो ।
२०६७ साल साउन २ गते राजविराज स्थित आप्mनै निवासमा स्व. डा. सिंहको निधन भएको थियो । उहाँका दुई छोरा मध्ये एक जना समाजसेवी र अर्का चिकित्सक हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ